पाकिस्तानमा पछिल्लो दुई साताभित्रै मनसुनी वर्षासँगै आएको बाढीले कम्तीमा ४ सय ६० जनाको मृत्यु भएको छ ।
उत्तरी पाकिस्तानमा आइतबार आएको मनसुनी वर्षापछिको बाढीपहिरोका कारण एकै दिन कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । प्रान्तीय आपत्कालीन व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले पनि खैबर पख्तुन्ख्वा प्रान्तका अधिकांश जिल्लाहरूमा हताहत भएको पुष्टि गरेको छ ।
पीडीएमएको तथ्यांकअनुसार १५ अगस्तयता खैबर पख्तुन्ख्वा प्रान्तमा ४ सय ६ जनाको मृत्यु भइसकेको छ, जसमा बुनर जिल्लामा मात्रै ३ सय ३७ जनाको ज्यान गएको हो । सिन्ध, बलुचिस्तान, गिलगिट–बाल्टिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा पनि ६० जनाभन्दा बढीको मृत्यु भएको रेकर्ड गरिएको छ ।
मनसुनको नयाँ चरण सुरु हुनुअघि पाकिस्तानमा बाढी प्रभावित क्षेत्रहरूबाट १९ हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएसँगै पाकिस्तानको पञ्जाब प्रान्तलाई उच्च सतर्कतामा राखिएको स्थानीय सञ्चारमाध्यम ‘डन’ ले आइतबार जनाएको छ । पञ्जाब सरकारले शनिबार सतलज नदी किनारका हजारौं मानिसलाई उद्धार गरेको छ ।
नयाँ मनसुन चरण नजिकिँदै गर्दा आगामी ९६ घण्टा पाकिस्तानको पञ्जाबका लागि निकै जोखिमपूर्ण हुने चेतावनी दिइएको छ ।
गुपिस उपत्यकाको तालिदास गाउँमा शुक्रबार बिहान हिमनदी विस्फोट भएको देखेका तीन गोठालाले बाढीको चेतावनी दिएपछि तल्लो भेगका बस्तीका कम्तीमा ३ सय जनालाई तत्काल सुरक्षित रूपमा उद्धार गर्न सम्भव भएको थियो । ‘तीन जना गोठालाले तत्काल सूचना दिएकैले ३ सय जनाको ज्यान बचेको छ,’ जीबीका मुख्यसचिव अब्रार अहमद मिर्जाले आइतबार भने ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो