गण्डकी प्रदेश सभा मनाङको क्षेत्र नम्बर ‘ख’ का सदस्यबाट मुक्त भएका दीपक मनाङे भनिने राजीव गुरूङले जेल सजाय काटेर निस्केपछि पनि थप ६ वर्ष निर्वाचन लड्न नपाउने भएका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गत असार ४ गते गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको थियो। फैसलाको पूर्णपाठ अहिले सार्वजनिक भएको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेलाई थप ६ वर्ष निर्वाचन लड्न नपाउने कानुनी व्यवस्था देखाएको हो।
‘दीपक मनाङे भन्ने राजीव गुरूङले ज्यान मार्ने उद्योग मुद्दामा ५ वर्ष कैद सजाय पाएको सजाय पूरा भुक्तान गरिसकेपश्चात् थप ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य रहने नै देखियो,’ फैसलामा भनिएको छ।
सर्वोच्चले मनाङेलाई २०८१ कात्तिक २० गतेदेखि प्रदेश सभा सदस्यको रूपमा अयोग्य ठहर गरेको हो।
संवैधानिक इजलासले दुई वटा कानुनी व्यवस्थाले गर्दा मनाङेलाई अयोग्य ठहर गरेको हो।
पहिलो, संविधानको धारा १७८ (१) (ङ) मा ‘कुनै कानुनले अयोग्य नभएको’ व्यक्ति मात्र प्रदेश सभा सदस्य हुन योग्य हुने व्यवस्था गरेको छ।
त्यस्तै, दोस्रोमा प्रदेश सभा निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (छ) मा कसुर बाहेक अन्य कसुरमा पाँच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाएर त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएको’ व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य मानिने कानुनी व्यवस्था छ।
२०८१ कात्तिक २० गते सर्वोच्चले मनाङेलाई पाँच वर्ष कैद सुनाएको थियो। यो सजाय २०६९ साउन २८ गते उच्च अदालत पाटनले गरेको सदर सजाय हो। मनाङेले २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए।
मनाङेले अझै २ वर्ष चार महिना भुक्तान गर्न बाँकी थियो।
अहिले डिल्लीबजार कारागारमा उनी सजाय काटिरहेका छन्।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’