बिगो बुझेर छाड्न जिल्लाले अस्वीकार गरेपछि रवि लामिछाने उच्च अदालत पुगे

बिगो बुझेर छाड्न जिल्लाले अस्वीकार गरेपछि रवि लामिछाने उच्च अदालत पुगे

rabi lamichhane kaski adalat

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फेरि उच्च अदालत बुटवलमा रिट दायर गरेका छन् ।

सहकारी ठगी प्रकरणमा बिगो बुझाएर रिहा गर्न मागसहित लामिछानेले सोही अदालतमा रिट दायर गरेका हुन् । लामिछाने पत्नी नीकिताले सोमबार आफूले श्रीमानको तर्फबाट न्यायका लागि उच्च अदालत बुटवलको ढोका पनि ढक्ढक्याएको सामाजिक संजालमार्फत जानकारी गराएकी छन् ।

उनले श्रीमान लामिछानेको न्यायका लागि आफूले संविधान र कानूनले अनुमति दिएका देशभित्र र बाहिरका न्यायका हरेक ढोका ढक्ढक्याउने बताएकी हुन् । श्रीमान लामिछानेको कारागारमा जीवन समेत सुरक्षित नरहेको उनको गुनासो छ ।

नीकिताले आफैले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्रीसम्मले संसदको रोष्ट्रमबाट समेत धमक्याउने कार्य गरेकोेप्रति आपत्ति प्रकट गरेकी हुन् । नीकिताले आफ्नो श्रीमान लामिछानेलाई बिगो तोकेर त्यो बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्नका लागि सरकारसँग आग्रह गरेकी छन् ।

लामिछाने पत्नी नीकिताले सामाजिक संजालमा यस्तो लेखेकी छन् :

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ