अहिले हाम्रा मन्त्रीहरू फेरिँदैन: कांग्रेस

राजनीति

अहिले हाम्रा मन्त्रीहरू फेरिँदैन: कांग्रेस

oli-deuba-ratopati_7vwpfVXajM

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले अहिले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर नहुने जनाएको छ । प्रधानमन्त्री केपी ओलीले सरकार एक वर्ष पुगेपछि मन्त्री हेरफेर गर्न चाहेपनि कांग्रेसले आफ्नो मन्त्रीहरू नफेर्ने निष्कर्षमा पुगेको हो ।

यद्यपि, आज बसेको शीर्ष नेताहरूको बैठकमा मन्त्री हेरफेर गर्नेबारे कुनै छलफल नभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

अहिले उपप्रधान तथा शहरी विकास मन्त्रालयकाे जिम्मेवारी लिएर प्रकाशमान सिंहले कांग्रेसबाट सरकारकाे नेतृत्व गरिरहेका छन् ।

प्रधानमन्त्रीलाई जसपा र लोसपाले मन्त्री बदल्न दबाब दिइरहेका छन् । जसपाबाट खानेपानीमन्त्री प्रदीप यादव र महिला मन्त्री नवलकिशोर सुडी छन् । उनीहरूलाई फिर्ता बोलाएर वीरेन्द्र महतो र रञ्जुकुमारी झालाई मन्त्री बनाउन जसपाले प्रधानमन्त्रीलाई नाम दिइसकेको छ ।

लोसपाले पनि पार्टीबाट श्रममन्त्री शरदसिंह भण्डारीलाई फिर्ता बोलाएर सर्वेन्द्रनाथ शुक्ललाई बनाउन प्रधानमन्त्रीलाई आग्रह गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले कांग्रेसले पनि केही मन्त्री फिर्ता बोलाए पार्टीबाट केही मन्त्रीहरू हेरफेर गर्न चाहेका थिए । तर, कांग्रेसले मन्त्री हेरफेर नगर्ने अडान लिएपछि प्रधानमन्त्री अफ्ठेरोमा परेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ