मोदीलाई रिंगटा छुटाइदिन्छु भनेपछि पाकिस्तानसँग युद्धविराम गरे: ट्रम्प

मोदीलाई रिंगटा छुटाइदिन्छु भनेपछि पाकिस्तानसँग युद्धविराम गरे: ट्रम्प

modi trump

Phot: AFP

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की दिएर आफूले पछिल्लो भारत पाकिस्तान युद्ध रोकेको दाबी गरेका छन् ।

बुधबार ह्वाइट हाउसमा आफ्नो क्याबिनेट बैठकका क्रममा ट्रम्पले भारतसँग व्यापार सम्झौता रद्द गर्ने र सोच्नै नसक्ने कर लगाइदिने चेतावनी दिएपछि युद्ध विरामका लागि बाध्य भएको बताए ।

उनले भारत पाकिस्तान युद्धका क्रममा ७ वटा लडाकु विमान खसालेको बताए । यद्यपि उनले कसका लडाकु विमान खसालिए भनेका छैनन्,तर अमेरिकी मिडियाले भने भारतका कम्तीमा ४ वटा फ्रान्समा बनेका लडाकु विमान खसालेको दाबी गरेका थिए ।

बैठकमा सम्बोधन गर्दै ट्रम्पले भने- म एकजना खास शानदार व्यक्तिसँग कुरा गरिरहेको थिएँ, उनी भारतका मोदी थिए । मैले उनलाई के हालचाल छ भनेर सोध्दा पाकिस्तानसँग धेरै घृणा फैलिएको छ र यो लामो समय लडाई जानसक्छ भनेका थिए । मैले भने कि, भोलि फेरि मलाई फोन गर्नुस् तर एउटा कुरा के याद गर्नु भने तपाईँहरूसँग हाम्रो कुनै व्यापार डिल हुँदैन । म यति कर लगाइदिन्छु कि तपाईँको टाउको रन्थनिएर घुम्नेछ । यति भनेपछि उनीहरू ५ घण्टामै युद्ध विरामका लागि तयार भए । मैले यस्तै धम्की पाकिस्तानलाई पनि दिएको थिएँ ।

अमेरिकी राष्ट्रपतिले पटकपटक यसबीचमा आफूले भारत पाकिस्तान युद्ध रोकेको दाबी गरिरहेका छन् । भारतले पनि सिधै उनको दावीलाई स्वीकार गरेको छैन । त्यसो त भारत-पाक युद्ध विरामको घोषणा पनि अमेरिकाले नै गरेको थियो ।

पछिल्लो समय भारतमाथि अमेरिकाले ५० प्रतिशत कर लगाएको छ । रुससँग तेल खरिद गरेको भन्दै उसले कर बढाएको हो । यदि रुसी तेल खरिद कायम राखेमा अहिलेको कर बढ्न चेतावनी समेत दिएपछि भारत पछिल्लो समय चीन र रुससँग नजिकिएको छ । भारतलाई ५० प्रतिशत कर लगाएको अमेरिकाले पाकिस्तानलाई भने २४ प्रतिशत लगाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ