भारतसँग मात्र नभई चीनसँग पनि प्रश्न गर्ने बेला आएको छः सञ्चारमन्त्री गुरुङ

भारतसँग मात्र नभई चीनसँग पनि प्रश्न गर्ने बेला आएको छः सञ्चारमन्त्री गुरुङ

prithvi_subba_gurung_

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भारत र चीनबीच कालापानी, लिपुलेक र लिम्पियाधुरा हुँदै भएको द्विपक्षीय व्यापार सम्झौताबारे अब भारतसँग मात्र नभई चीनसँग पनि प्रश्न गर्ने बेला आएको बताएका छन् ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री गुरुङले लिपुलेक क्षेत्र नेपालको हो भन्ने थाहा हुँदाहुँदै पनि चीनले भारतसँग व्यापार सम्झौता गरेर नेपालसँगको सीमा सम्झौताबारे अस्पष्ट नीति लिएको आरोप लगाए ।

उनले भने, “लिपुलेक, कालापानी र लिम्पियाधुराको बारेमा अब हाम्रो प्रश्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मात्रै छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङ या ली क्याङसँग पनि हाम्रो प्रश्न छ ।”

उनले चीनले नेपाल र चीनबीच भएका सीमा सम्झौताहरूबारे जानकार हुँदाहुँदै पनि व्यापारको कुरामा अस्पष्ट देखिएको बताए ।

मन्त्री गुरुङका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा यो विषयमा छोटो वार्ता गर्ने योजना रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds