रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा

रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा

सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरेको भन्दै जाहेरी

araniko-pandey

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रास्वपाका केन्द्रीय सदस्य पाँडे साइबर अपराध सम्बन्धी उजुरीका आधारमा पक्राउ परेका हुन्।

साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दीपकराज अवस्थीका अनुसार एक महिलाले पाँडेविरूद्ध सामाजिक सञ्जालमार्फत आफूलाई अपशब्द प्रयोग गरेको भन्दै जाहेरी दिएकी थिइन्।

जाहेरी दर्ता भएपछि पाँडे बुधबार आफै साइबर ब्युरो, काठमाडौंमा उपस्थित भएका हुन्।

पाँडे उपस्थित भएपछि आवश्यक अनुसन्धान र प्रक्रिया अघि बढाइएको प्रवक्ता अवस्थीले जानकारी दिए।

उनका अनुसार पाँडेलाई आजै (बुधबार) म्याद थप गर्ने तयारी गरिएको थियो। तर समय ढिलाइ भएकाले म्याद थप्ने प्रक्रिया बिहीबार मात्र हुने भएको छ।

पाँडे राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समेत हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ