चीन भ्रमणमा प्रधानमन्त्री ओलीले सी र मोदीसँग लिपुलेकको मुद्दा उठाउने

राजनीति

चीन भ्रमणमा प्रधानमन्त्री ओलीले सी र मोदीसँग लिपुलेकको मुद्दा उठाउने

प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने

kp oli speech

प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकका विषयमा भारत र चीनले गरेको सहमतिबारे आवाज उठाउने भएका छन् ।

प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणका क्रममा दुवै राष्ट्रका प्रमुखसँग हुने भेटमा लिपुलेकबारे दुई देशले गरेको निर्णयको विषय उठाउने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले सांघाई सहयोग संगठन (एसईओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा प्रधानमन्त्री ओलीले छिमेकी मुलुकबीच भएको सहमतिबारे कुरा उठाइने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले १४ देखि १८ भदौसम्म चीनको भ्रमण गर्ने तय भएको छ । गुरुङले भने, ‘भारत र चीनका विदेशमन्त्रीबीच लिपुलेकका विषयमा भएको सहमति नेपालको सार्वभौमिकताका विरुद्धमा छ । सांघाई फोरमका सिलसिलामा छिमेकी शीर्ष नेतृत्वबीच हुने उच्चस्तरीय भेटघाटमा यो विषयमा कुराकानी हुन्छ ।’

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘साइडलाइन’ भेटवार्ताका लागि दुवै देशका तर्फबाट तयारी भइरहेको गुरुङले बताए । भारत र चीनका विदेशमन्त्रीबीच नेपालको लिपुलेक भएर व्यापारिक मार्ग प्रयोग गर्ने सन्दर्भमा भएको सहमतिबारेमा नेपाल सरकारका तर्फबाट यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट जारी गरिसकेको मन्त्री गुरुङको भनाइ छ।

त्यस्तै गुरुङले सरकारले नयाँ र ठूला योजना नथप्ने र गर्न सक्ने योजना मात्रै नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने नीतिलाई कडाइका साथ अवलम्बन गरिने बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ