विद्या भण्डारी वीरगञ्जमा, ५१ किलोको मालाले स्वागत

स्वागत

विद्या भण्डारी वीरगञ्जमा, ५१ किलोको मालाले स्वागत

bidya-birgunj

वीरगन्ज पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमाले नेता कार्यकर्ताहरूले भव्य सम्मान गरेका छन्।

उद्योग वाणिज्य संघले आयोजना गरेको महिला उद्यमीहरुसँगको छलफल तथा अन्तरक्रियाका कार्यक्रमका लागि शनिबार बिहान ९ बजे वीरगन्ज पुगेकी भण्डारीलाई नेता कार्यकर्ताहरूले ५१ किलोको माला लगाइदिएर सम्मान गरेका हुन्।

बिहान सिमरा विमानस्थलमा पनि स्वागत गर्नका लागि पनि नेता कार्यकर्ताहरू पुगेका थिए।

वीरगन्ज पुगे पछि पनि एमालेका नेता कार्यकर्ताहरू उनको सम्मानमा सहभागी भएका थिए। स्थानीय महिलाहरू पनि लामबद्ध भएर पूर्वराष्ट्रपति भण्डारीको सम्मानमा उपस्थित थिए।

भण्डारीलाई एमाले केन्द्रीय कमिटीले राजनीतिमा आउन रोक्ने निर्णय गरे पनि भण्डारी एमाले पूर्वउपाध्यक्षको हैसियतमा राजनीतिक गतिविधिमा व्यस्त छिन्।

गत असार १४ गते मदन भण्डारीको ७४ औं जन्मजयन्तीका दिन पनि पोखरेलले बोलेका थिए। सोही दिन भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी थिइन्। उनले आफ्नो सदस्यता नवीकरण भएको बताएकी थिइन्।

तर एमाले केन्द्रीय कमिटी बैठकले उनलाई राजनीतिमा फर्कन रोक लगाएसँगै सदस्यता स्वत: नवीकरण नभएको बताउने गरेको छ।

गत भदौ ५ गते नै भण्डारीले काठमाडौंको थापा गाउँमा सम्पर्क कार्यालय खोलेकी छन्।

Ncell
काठमाडौं महानगरका पूर्वउपमेयर विदुर मैनालीको घर भाडामा लिएर भण्डारीले मदन भण्डारी हीरक जन्मोत्सव मूल व्यवस्थापन समितिको कार्यालय प्रयोजनका लागि भन्दै सचिवालय खोलेकी हुन्।

एमाले अध्यक्ष केपी ओलीले अर्को वर्ष आउने जन्मदिन मनाउन असन्तुष्टहरू बोकेर कार्यालय खोलेको भन्दै कटाक्ष गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ