अफगानिस्तानमा मध्यरातको भूकम्पमा परी ८ सय जनाको मृत्यु, २५ सयभन्दा बढी घाइते

भूकम्प

अफगानिस्तानमा मध्यरातको भूकम्पमा परी ८ सय जनाको मृत्यु, २५ सयभन्दा बढी घाइते

earthquake-afganistan-

अफगानिस्तानम ६ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प जाँदा ८०० जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

अफगानिस्तानको नांगरहार प्रान्तको जलालवाद सहरबाट १७ किलोमिटर उत्तरपूर्वी भूभागलाई केन्द्रबिन्दु बनाएर आइतबार राति ११:४७ बजे ६ म्याग्नेच्युडको भूकम्प गएको थियो।

तालिबान सरकारले पहिलो पटक सार्वजनिक गरेको विवरण अनुसार भूकम्पमा परी ८०० जनाको मृत्यु भएको अमेरिकी अनलाइन एनबिसीन्युजले जनाएको छ।

त्यस्तै, २५०० भन्दा बढी घाइते भएको पनि समाचार उल्लेख छ।

भूकम्पले ग्रामीण इलाकामा क्षति पुर्‍याएकाले विवरण पनि ढिला प्राप्त भएको भनेर तालिबानलाई उद्धत गरेर एनबिसीले लेखेको छ।

भूकम्पले धेरै प्रभाव पारेको क्षेत्रमा उद्धारका लागि सडकबाट जाने अवस्था नरहेको भनेर तालिबान सरकारले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन्।

राति ६ म्याग्नेच्यूडको भूकम्पपछि लगत्तै आएको ५ म्याग्नेच्यूडभन्दा बढी तीव्रताको पराकम्पनले थप क्षति पुर्‍याएको बताइएको छ।

त्यसपछि पनि चार साढे ४ म्याग्नेच्यूडभन्दा बढी तीव्रताका कैयौं पराकम्पन महसुस भएको थियो।

भूकम्पको पहिलो झट्काले अफगानिस्तान र पाकिस्तानको पूर्वी सिमानामा केन्द्रबिन्दु बनाएको भए पनि यसको २ सय किलोमिटरको दुरीमा रहेको काबुल र ४०० किलोमिटर दुरीमा रहेको इस्लामावादसम्म हल्लाएको थियो।

यसअघि सन् २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ म्याग्नेच्युडको भूकम्प जाँदा एक हजार जनाको मृत्यु भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ