काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ मा उम्मेदवार चयन भएका डा. लेखजंग थापा विवादमा तानिएका छन् ।
कानुन विपरीत थापाले बहुविवाह गरेको विषय सञ्चारमाध्यमबाट बाहिरिएपछि उनी विवादमा तानिएका हुन् ।
रास्वपाका विपक्षीहरूले अहिले यसलाई मुद्दा बनाएर सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेका छन् । यस्तै २०७९ सालको निर्वाचनमा लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समानुपातिक सांसदको लिस्टमा रहेका उनी केही महिनाअघि राजीनामा दिएर रास्वपा प्रवेश गरेका थिए ।
थापाको पारिवारिक पृष्ठभूमिलाई लिएर चौतर्फी आलोचना भइरहँदा रास्वपाले भने बचाउ गरेको छ । प्रवक्ता मनिष झाले उनको सम्पूर्ण विवरण हेरेर नै पार्टीले छनोट गरेकाले पुनर्विचार नहुने स्पष्ट पारे ।
तर विपक्षीहरूले यसै विषयलाई लिएर चुनावी मुद्दा बनाउने देखिन्छ । उनीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेमा के गर्नुहुन्छ भन्ने प्रश्नमा झाले संवैधानिक तथा कानुनी समस्या नआउनेमा पार्टी स्पष्ट रहेको बताए ।
कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । असोज २२ गते उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने समय दिएको छ । २३ गते उजुरी उपर छानबिन र निर्णय हुनेछ ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु