काठमाडौं । विविध भाषा र भाकामा हजारभन्दा धेरै गीतमा आवाज दिएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।
मध्यरात १२ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उनको निधन भएको जानकारी तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङले दिए ।
इन्दिरा २ वर्षदेखि क्यान्सरबाट पीडित थिइन् । हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि उनी दुई सातादेखि अपार्टमेन्टमा बसेर उपचार र आराम गरिरहेकी थिइन् ।
कान्छी छोरीसहित उनी हात्तीवनको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । बौद्ध संस्कारसहित उनको पार्थिव शरीरलाई अन्त्येष्टि गरिएको छ । त्यसअघि श्रद्धान्जलीका लागि उनको शव संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।
इन्दिरा मल्टी ट्यालेन्टेड (बहुप्रतिभाशाली) गायिकाको रूपमा चिनिन्छन् । उनले थुप्रै कालजयी गीत गाएकी छन् । काठे लोकभाका मात्रै होइन, पूर्वेली लोकभाकादेखि लिएर पश्चिमेली लोकभाका र सुदूरपश्चिमको देउडा गीतसमेत गाएकी छन् । तामाङ सेलोदेखि लिएर आधुनिक गीतसमेत गाएकी छन् । तीन महिनाअघिसम्म उनका गीत बजारमा निस्किरहेका थिए ।
भौतिक शरीर अलप भए पनि उनले छाडेर गएका ‘चाँगुनारायण थान, हुक्का चिलिमले, नारानथानमा गेट, जाइफूलको बासना, पान मिठो चुनामा, पालञ्चोकी पशुपति, इन्द्रावती बग्यो सलल, बाइबाइ सलाम, मायाको आन्दोलन जस्ता सयौं चर्चित लोकभाकाहरू कालजयी भएर हामी माझ गुञ्जिरहने छन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा