नेकपा एमालेको पछिल्लो नवीकृत पार्टी सदस्य ६ लाख ६२ हजार ९६१ रहेको छ । यो संगठित पार्टी सदस्य संख्या १० औं महाधिवेशन पछि ३० प्रतिशतले वृद्धि भएको एमालेले जनाएको छ ।
महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै यो तथ्याङ्क प्रस्तुत गरेका हुन् । पोखरेलले प्रतिवेदन पेश गर्दै पार्टी अहिले ६४ हजार ७०६ कमिटीमा फर्मेशन रहेको बताए । कतिपय जन संगठनहरुको संख्या यकीन तथ्याङ्क अध्यावधिक नभएको औंल्याउँदै करिब १२ लाख ६९ हजार १६१ सदस्य रहेको तथ्य महासचिवले पेस गरेका छन् ।
डेढ लाख सदस्यहरु संगठित हुन बाँकी रहेको बताउँदै पोखरेलले ४ लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध रहेको उल्लेख गरे ।
प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ्क अनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १०३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी छन् । त्यसैगरी वडा कमिटी ७ हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ छ ।
प्रदेश अन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १३६ पालिका कमिटी छन् । त्यसैगरी वडा कमिटी १ हजार १५७ र टोल कमिटी ७ हजार १०१ छ । कोशी प्रदेशमा ८ हजार ४०८ कमिटी छन् ।
त्यसैगरी मधेस प्रदेशका ८ जिल्ला कमिटी, १३६ पालिका, १ हजार २७१ वडा, ६ हजार ५१५ टोल कमिटी गरी कुल ७ हजार ९३० छ ।
बागमती प्रदेशतर्फ १३ जिल्ला, १११ पालिका, १ हजार १२१ वडा, १४ हजार २०६ टोलसहित कुल १५ हजार ४५१ कमिटी छन् ।
गण्डकी प्रदेशका ११ जिल्ला कमिटी, ८५ पालिका, ७५९ वडा, ५ हजार ५६० टोल गरी ६ हजार ४१५ कमिटी छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्ला, १०९ पालिका, ९ सय ८३ वडा, ९ हजार २६७ टोल गरी कुल १० हजार ३७१ कमिटी छन् ।
कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७१८ वडा, ६ हजार ४५३ टोलसहित ७ हजार २६० कमिटी छन् ।
सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७३४ वडा, ५ हजार ८५० टोलसहित ६ हजार ६ सय ८१ कमिटी छ ।
त्यसैगरी समन्वय सम्पर्क अन्र्तगत ७ जिल्ला, ७४ पालिका, ७४३ वडा कमिटी गरी ८२४ वटा सम्पर्क समन्वय कमिटी छन् । प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी १११ कमिटी छन् । प्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १४१ पालिका, ४१६ वडा तह गरी ५६७ कमिटी छन् ।
तथ्याङ्क अनुसार जिल्ला तहमा ९ हजार ७७४ जना नेता, कार्यकर्ता आबद्ध छन् । पालिका तहमा ४१ हजार ६३३ । वडामा १ लाख ७४ हजार २४५ । टोलमा २ लाख १ हजार ३६४ जना छन् ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो