ओलीको नजरमा सत्ता साझेदार दल कांग्रेसः आन्दोलनको रक्षा गर्न नसक्ने ‘टेस्टेड’ शक्ति

राजनीति

ओलीको नजरमा सत्ता साझेदार दल कांग्रेसः आन्दोलनको रक्षा गर्न नसक्ने ‘टेस्टेड’ शक्ति

deuba oli 5

काठमाडौं । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दल नेपाली कांग्रेसलाई आन्दोलनको रक्षा गर्न नसक्ने ‘टेस्टेड’ शक्ति भनेका छन् ।

हिजोदेखि गोदावरीमा जारी विधान महाधिवेशनमा ओलीले पेश गरेको राजनीतिक दस्तावेजमा कांग्रेस लोकतन्त्रको रक्षा, राज्य सञ्चालन र समृद्ध समाज निर्माण लागि भने यो ‘टेस्टेड’ भइसकेको शक्ति रहेको र यसले २००७ सालपछिको क्रान्तिका पक्षधर शक्तिहरूलाई समेट्दै आन्दोलनको रक्षा गर्न नसकेको उल्लेख छ ।

त्यस्तै, कांग्रेसले २०१५ सालको निर्वाचनमा दुई तिहाइम बहुमत पाएर पनि क्रान्तिका उपलब्धि जोगाउन नसेको २०४८ र २०५६ मा दुई–दुई पटक बहुमत पाएर पनि आफ्नै अन्तरकलहका कारण सरकार गुमाएको र २०५९ सालमा प्रजातन्त्र नै राजाको हातमा पुग्ने स्थिति निर्माण भएको प्रतिवेदनमा उल्लेख छ ।

साथै, अवलम्बन गरेको नवउदारवादी आर्थिक नीतिले समृद्धिको अभियानको नेतृत्व गर्न नसक्ने पनि ओलीले दस्तावेजमा उल्लेख गरेका छन् । नवउदारवाद संसारभरि नै असफल भइसकेको र नेपालमा पनि यस विचारले अगुवाइ गर्न सक्ने कुनै सम्भावना नरहेको उनले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ