राष्ट्रपति, प्रधानमन्त्री निवासलगायत संवेदनशील क्षेत्रमा पनि राति १० बजेसम्मका लागि कर्फ्यु

राष्ट्रपति, प्रधानमन्त्री निवासलगायत संवेदनशील क्षेत्रमा पनि राति १० बजेसम्मका लागि कर्फ्यु

माइतीघर-बानेश्वर-तीनकुने-शंखमुल क्षेत्रमा कर्फ्यु

gen g protest

काठमाडौँ — जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ ।

शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरेको छ ।

यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको छ ।

भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए।

Curfew: For Maitighar-Baneshwar-Tinkune-Shankhamul area till 10 pm

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ