जेनजी प्रदर्शनका क्रममा इहटरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृतकको पहिचान हुन सकेको छैन।
यसअघि आन्दोलनले उग्र रूप लिएपछि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको थियो। इटहरीको पूर्वमा मिलनचोक हुँदै जुटविकासदेखि अख्तियार कार्यालय, पश्चिममा कलङ्की चोक उत्तरमा हलगडा र दक्षिणमा साथी पेट्रोल पम्म हुँदै बसपार्क सम्मको एरियामा कर्फ्यु लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकरी धर्मेन्द्रकुमार मिश्रले बताए।
जेनजीको आन्दोलनका क्रममा आन्दोलनकारीहरू इटहरी उपमहानगर भित्र पसेर आक्रमण र आगो लगाउन थालेपछि कर्फ्यु लगाइएको बताइएको छ। आन्दोलनकारीहरूले उपमहानगर प्रवेश गरी आक्रमण गर्न थालेपछि कर्मचारी र जनप्रतिनिधिले भागेर ज्यान जोगाएका थिए।
प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन
प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेका छन् । सरकारविरुद्ध आन्दोलनरत जेनजी पुस्ताका प्रदर्शनकारीले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगो लगाएका हुन् ।
आगजनीबाट कार्यालय भवनमा ठूलो क्षति पुगेको छ । प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् ।
त्यसपछि भने जेन जी उपमहानगरपालिका कार्यालय अगाडि गएर प्रर्दशन गरेका हुन् । प्रदर्शन उग्र बनेपछि उपमहानगरपालिका कार्यालयमा आगजनी गरिएको हो ।
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, झडपमा ६ जना घाइते
चितवनको भरतपुर कहिबेर तनावग्रस्त बनेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेन-जीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
महानगरपालिका कार्यालयभित्र प्रवेश गरेर प्रदर्शनकारीले तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गर्नुपरेको उनले बताए । झडपका क्रममा छ जना घाइते भएको उनले बताए । अश्रुग्याँस प्रहारपछि प्रदर्शनकारीहरू अहिले तितरबितर बनेको उनले बताए । प्रदर्शनकारीले महानगरपालिकाको गेट फोडेर प्रवेश गरेका थिए । प्रदर्शनमा केही घाइते भएका छन् । प्रदर्शनकारीले महानगरपालिका कार्यालयभित्र तोडफोड गर्न खोजेपछि दुई पक्षका बिचमा झडप समेत भएको थियो । अहिले ठूलो संख्यामा महानगरपालिका अगाडि प्रहरी परिचालन गरिएको छ ।
बिहानसम्म शान्त रहेको भरतपुरमा केही प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा प्रदर्शन गरेर फर्किएका थिए। दिउँसो साढे १ बजेपछि प्रदर्शनकारीहरू महानगरपालिका अगाडि जम्मा भएर प्रदर्शन थालेका हुन् । अहिले पानी परेपछि प्रदर्शनकारी तितरबितर भएका छन् ।
बिर्तामोड नगरपालिकामा तोडफोड
जेनजी प्रदर्शनकारीहरूले बिर्तामोड नगरपालिकामा तोडफोड गरेपछि स्थिति तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गरी नगरपालिकाभित्र प्रवेश गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेपछि दुवै पक्षबीच झडप भएको थियो ।
झडपमा परी केही घाइते भएका छन् । प्रदर्शनकारीहरूले ढुंगामुडा प्रहार गरी नगरपालिकाको नयाँ भवनको धेरै सीसा तोडफोड गरेका छन् भने नगरपालिकाको गेटमा समेत आगजनी गरेको जनाइएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहारसमेत गरेको छ ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’