निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेर आगजनी गर्न थालेपछि जेन-जीको प्रदर्शन संयोजन गरिरहेकाहरूले ती आन्दाेलनकारी आफूहरूसँग सम्बन्धित नभएको बताएको छ। उनीहरूले घुसपैठको आशंका गरेका हुन्।
‘आज हाम्रो आन्दोलनले एकदमै दुःखदायी मोड लियो । न्याय, जवाफदेहिता र सुशासनका लागि सुरु गरिएको हाम्रो शान्तिपूर्ण आवाज तोडफोड र संसद् भवनतर्फ जबरजस्ती प्रवेशको प्रयासले प्रभावित भयो । तर स्पष्ट पार्न चाहन्छौं, यो हाम्रो मुल उद्देश्य कहिल्यै थिएन,’ विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै, जेन-जीले शान्तिपूर्ण संघर्ष गर्ने जनाएको छ। ‘जेन-जी को आवाज अझै पनि शान्तिपूर्ण, अनुशासित र कानुनी संघर्ष नै हो । हाम्रो आन्दोलन भवन वा संस्था विरुद्व होइन । भ्रष्टाचार, जनताको पैसाको दुरुपयोग र विश्वासघात विरुद्ध हो,’ सुचनामा थप भनिएको छ, ‘सम्पूर्ण नागरिक नागरिक, नेपाल प्रहरी, विश्व समुदायलाई स्पष्ट सन्देश छ । केही व्यक्तिहरुका कार्यलाई यो पुस्ताको आवाज ठान्ने गल्ती नगर्नुहोस्। हाम्रो आवाज चोइटिन सक्दैन । नत अपहरण गरिन सकिन्छ । हामी शान्तिको पक्षमा छौं । हामी न्यायका पक्षमा छौं । हामी भविष्यको पक्षमा छौं ।’
राजनीतिक रुपमा परिचालितहरुले आन्दोलनलाई हिंसात्मक बनाएको जेन जी मुभमेन्टको भनाई छ । ‘हाम्रो मुल उद्देश्य सदैव सुशासन, शान्ति हाम्रो पैसा तथा भविष्यको सुरक्षा हो । संसद् भवन हाम्रो शत्रु होइन । संसद् हाम्रो आफ्नो सम्पत्ति हो । जनताको पसिना र करले बनेको संस्था हो । र हाम्रो लक्ष्य हाम्रो सम्पत्तिलाई हानी गर्नु होइन,’ सुचनामा भनिएको छ, ‘यसको बाबजुद केही द्वन्द्वात्मक मनासय बोकेका, यस आन्दोलनलाई आशान्ति र तोडफोड तर्फ तान्नेहरु राजनीतिक स्वार्थ बोकेर आएका परिचालित व्यक्तिहरु हुन्। उनीहरुले हाम्रो मर्म र आत्मालाई प्रतिनिधित्व गर्दैनन्।’
सोमबार दिउँसो आन्दोलनको व्यवस्थापनमा सहभागी प्रदीप ज्ञवालीले यो आन्दोलनमा विध्वंस र हिंसात्मक गतिविधि गर्नेहरू आफ्ना प्रतिनिधि नरहेको बताएका छन्। ‘विध्वंस वा हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरू हाम्रो हिस्सा होइनन्,’ उनले भने।
आन्दोलनले आफूहरू सुरूदेखि नै शान्तिपूर्ण प्रदर्शनको पक्षमा रहेको उनले बताए। ‘हामीले सुरूदेखि नै यो प्रदर्शन शान्तिपूर्ण गर्ने भनेर भनिरहेका थियौं। यसमा कुनै आधिकारिक आयोजक, नेतृत्व नभएको र आवाज मात्रै उठाउन भेला हुने भनेका थियौं,’ उनले भने, ‘घुसपैठ हुनसक्ने अनुमान हामीले गरेका थियौं। घुसपैठ भएपछि फर्किन आह्वान गर्यौं।’
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’