काठमाडौं । गृहमन्त्री रमेश लेखकसमक्ष तीन सुरक्षा नियकायका प्रमुखले जेनजी आन्दोलनमा आपराधिक जत्थाको घूसपैठ भएको र तिनैले ताण्डव मच्चाउँदा हिंसात्मक रुप लिएको ब्रिफिङ गरेका छन् ।
उनीहरूले रास्वपा, राजावादी र दुर्गा प्रसाईंका समूहको घूसपैठ हुँदा स्थितिले हिंसात्मक रुप लिएको जानकारी गृहमन्त्रीलाई दिएका छन् ।
बानेश्वरको प्रदर्शन नियन्त्रण बाहिर गएर मानिसहरू हताहत हुन थालेपछि दिउँसै लेखकले सुरक्षा प्रमुखलाई सिंहदरबारमा बोलाएका थिए । ब्रिफिङमा नेपाल प्रहरीका आईजी चन्द्रकुवेर खापुङ, सशस्त्र आईजी राजु अर्याल र राष्ट्रय अनुसन्धान विभागका प्रमुख हुतराज थापा थिए ।
प्रहरी र सशस्त्रले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै संसद भवनको सुरक्षा गरेको, तर त्यसक्रममा बल प्रयोग गर्दा स्थिति अप्रिय भएको भनेका छन् ।
जेन जी प्रदर्शनका आयोजकले व्यक्त गरेको प्रतिवद्धताप्रति ढुक्क हुँदा र उनीहरुको नाममा अन्य समूहको घूसपैठ भएको कुराको पूर्वअनुमान गर्न नसक्दा सोमबार बानेश्वर क्षेत्र हिंसात्मक भएको उनीहरुले गृहमन्त्री लेखकलाई बताए ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि जेन जी प्रदर्शनका आयोजकले एक सूचना जारी गरेर आफूहरु उक्त प्रदर्शनबाट पछाडि हटेको घोषणा गरेपछि अन्य प्रदर्शनकारीले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडेको र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनमा छिरेको उनीहरूले बताए ।
सरकारले जेन जी प्रदर्शनकारीसँग संयमित व्यवहार गर्नका लागि दिएको निर्देशन पालना गर्दा हिंसात्मक जत्था भित्रिएको र तिनले यो हदसम्म गतिविधि गर्लान् भनी अनुमान गर्न नसकिएको उनीहरुको ब्रिफिङ थियो ।
सुरक्षा प्रमुखहरुसँग ब्रिफिङ लिएलगत्तै मन्त्री लेखक राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी हुन प्रधानमन्त्री निवास बालुवाटार गएका हुन् । अहिले पनि उनी त्यहीँ छन् । त्यहाँ परिषद्को बैठक सकिनासाथ साँझ ६ बजेदेखि मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो