धरानका मेयर हर्क साम्पाङ्ले काठमाडौंका मेयर बालेन शाहको भूमिकाको आलोचना गरेका छन् । उनले बालेनमाथि संकटको बेलामा लुकेको र सडकमा आउन नसक्ने डरपोकको आरोप लगाएका छन् ।
जेनजीको आन्दोलन सफल भएपछि अन्तरिम सरकार गठनको लागि नेपाली सेनाले पहल लिएको बेलामा हर्कपनि काठमाडौं आएका छन् । उनले हिजो जंग्गी अड्डामा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका थिए । उनले युवाले बोलाएर आफू देशको नेतृत्व लिन काठमाडौं आएको स्पष्टकरणसमेत दिएका छन् ।
आज फेशबुकमार्फत उनले बालेनको नाम नलिईकन आलोचना गरेका छन् । उनले भनेका छन्,‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफुलाई जिम्मा लगाएको अभिमत अरुलाई दिइपठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न बिकास ।’
युवा पुस्ताले बालेनलाई सरकारको नेतृत्व लिन सुझाएका छन् । तर, बालेनले अन्तरिम सरकारको नेतृत्वमा सुशिला कार्कीलाई समर्थन गरेका छन् । उनले अहिले प्रधानमन्त्रीको लागि दाबी गरिरहेका हर्कलगायतलाई पाँच वर्ष लामो समयसम्म काम गर्नेगरि तयारी गर्न भनेका छन् ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’