धरानका मेयर हर्क साम्पाङ्ले काठमाडौंका मेयर बालेन शाहको भूमिकाको आलोचना गरेका छन् । उनले बालेनमाथि संकटको बेलामा लुकेको र सडकमा आउन नसक्ने डरपोकको आरोप लगाएका छन् ।
जेनजीको आन्दोलन सफल भएपछि अन्तरिम सरकार गठनको लागि नेपाली सेनाले पहल लिएको बेलामा हर्कपनि काठमाडौं आएका छन् । उनले हिजो जंग्गी अड्डामा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका थिए । उनले युवाले बोलाएर आफू देशको नेतृत्व लिन काठमाडौं आएको स्पष्टकरणसमेत दिएका छन् ।
आज फेशबुकमार्फत उनले बालेनको नाम नलिईकन आलोचना गरेका छन् । उनले भनेका छन्,‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफुलाई जिम्मा लगाएको अभिमत अरुलाई दिइपठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न बिकास ।’
युवा पुस्ताले बालेनलाई सरकारको नेतृत्व लिन सुझाएका छन् । तर, बालेनले अन्तरिम सरकारको नेतृत्वमा सुशिला कार्कीलाई समर्थन गरेका छन् । उनले अहिले प्रधानमन्त्रीको लागि दाबी गरिरहेका हर्कलगायतलाई पाँच वर्ष लामो समयसम्म काम गर्नेगरि तयारी गर्न भनेका छन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा