काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।
संविधानको धारा ६१ मा राष्ट्रपतिसम्बन्धी प्रावधान रहेको छ। जसको उपधारा ४ मा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनिएको छ। सोही उपधारालाई टेकेर कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको स्रोतले बताएको छ।
कार्की नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा नाम लेखाउने व्यक्ति बनेकी छन् ।
देशकै पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीलाले अहिलेको संकटको बेला देशको बागडोर सम्हाल्नेछिन् ।
कार्की सर्वोच्च अदालतकी पनि प्रथम महिला प्रधानन्यायाधीश हुन् । रोचक के छ भने तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको अध्यक्षताको संवैधानिक परिषद्ले सर्वोच्च अदालतले प्रधानन्यायाधीश पदमा उनको नाम सिफारिस गरेको थियो । अहिले उनै ओलीको आकस्मिक र अप्रिय बहिर्गमनपछि सुशीलाले देशको नेतृत्व सम्हाल्ने भएकी हुन् ।
कार्की न्यायपालिकामा भ्रष्टाचारविरूद्ध शून्य सहिष्णुताको लागि चर्चित छिन् । उनी प्रधानन्यायाधीशबाट बाहिरिएपछि नागरिक अभियन्ताका रुपमा सक्रिय छिन् । आफ्नो खरो स्वभाव र स्पष्ट वक्ताका कारण उनी चर्चित पनि छिन् ।
प्रधानन्यायाधीश रहेका समयमा सुशीलाविरुद्ध तत्कालीन सत्ता गठबन्धनका सांसदहरूले महाभियोगको प्रस्ताव दर्ता गरेका थिए । तर त्यो सफल हुन सकेन । कार्कीविरुद्ध १७ वैशाख २०७६ मा सत्तारूढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २ सय ४९ सांसदको हस्ताक्षरसहित महाभियोग प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको थियो । नेकपा एमालेका कारण फेल भएको थियो ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा