दोहोरो इतिहास रच्ने सुशीला कार्कीको यात्रा: पहिलो महिला प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

दोहोरो इतिहास रच्ने सुशीला कार्कीको यात्रा: पहिलो महिला प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

sushila karki sapath

मुलुकको कार्यकारी प्रमुखको कुर्सीमा पहिलो पटक महिलालाई बसाएको छ ।अति छिटो गरी भएको सत्ता उथलपुथलले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गरिदियो ।

सुशीला कार्की कार्यकारी प्रमुखमा पहिलो महिला बनेकी छन् । ७३ वर्षीया कार्की पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनले २०७३ असारदेखि २०७४ जेठसम्म प्रधानन्यायाधीशको भूमिका निर्वाह गरेकी थिइन् । सर्वोच्चको नेतृत्वको रुपमा पनि आफ्नो स्वभाव र शैली कायम राखेकै कारण उनीविरुद्ध महाभियोग दर्ता समेत भएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले २०७२ चैत ३० मा उमेर हदका कारण अवकाश पाएपछि वरिष्ठताका आधारमा कार्कीलाई बाटो खुल्यो । तर उनी २०७३ असार २५ सम्म कायममुकायम भएर बस्नुपर्‍यो । भ्रष्टाचार तथा मानवताविरुद्धका मुद्दाहरूमा प्रत्यक्ष जोडिने कांग्रेस र मा‌ओवादीले आफूलाई प्रधानन्यायाधीश बनाउन नचाहेको उनको दाबी छ । यद्यपि, उनी प्रधानन्यायाधीश बन्छिन् । २०७३ असार २७ मा राष्ट्रपति विद्या भण्डारीबाट शपथ खाएर इतिहास रचेकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds