प्रधानमन्त्रीको शपथमा देखिएनन् ओली, देउवा र प्रचण्ड

प्रधानमन्त्रीको शपथमा देखिएनन् ओली, देउवा र प्रचण्ड

deuba oli prachanda

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा जेनजी आन्दोलनका कारण प्रधानमन्त्री पद गुमाएका केपी शर्मा ओली देखिएनन् । यस्तै पूर्वप्रधानमन्त्री प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल पनि देखिएनन् ।

तर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने सहभागी भएका छन् ।

शपथमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नाराय दाहाल पनि उपस्थित भएनन् ।

यस्तै, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्ययाधीश प्रकाशमान सिंह राउतसहित, मुख्यसचिव, कूटनीतिक नियोगका पदाधिकारीलगायत सहभागी भए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ