काठमाडौँ । नेपालमा भएको जेनजीको आन्दोलनको चर्चा विश्वभर भइरहेको छ । छिमेकी भारत र चीनका साथै अन्तर्राष्ट्रिय मिडियाहरुले यो समाचारलाई प्राथमिकताका साथ प्रकाशन-प्रसारण गरिरहेका छन् ।
नेपालमा जेनजीले सरकार ढलाएसँगै विश्वका विभिन्न देशमा विपक्षीहरुले सरकारलाई यस्तै चेतावनी दिन थालेका छन् । बंगलादेश र श्रीलंकामा भएको आन्दोलनको उदाहरण दिएर नेपालका जेनजीले यसअघि त्यस्तै चेतावनी दिने गर्थे ।
बंगलादेश र श्रीलंकामा भएका आन्दोलनको चर्चा नेपालमा सदनदेखि सरकारसम्म हुन्थ्यो । दलका ठुला नेतादेखि विद्यार्थीहरुले बंगलादेश र श्रीलंकाजस्तै हालत नेपालमा पनि हुनसक्ने चेतावनी दिने गरेका थिए । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले त्यसलाई वास्तविकतामा परिणत गरिदियो ।
अहिले भारतमा त्यहाँ विपक्षी दलले सरकारलाई नेपालको अवस्था देखाएर चेतावनी दिन थालेका छन् । शुक्रबार विपक्षी गठबन्धन ‘इन्डिया’ले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘अगर नेपाल की तरह भारत में भी नेताओं की पिटाई शुरू हो जाए तो कौन सबसे ज्यादा लात खायेगा ! बिना डरे बिंदास बोलो !’ (यदि नेपालजस्तै भारतमा पनि नेतालाई कुटाइ सुरु भयो भने सबैभन्दा बढी लात कसले खान्छन्, नडराई बोल्नुस् ।’)
जेनजी आन्दोलन भएकै दिन विहारको विपक्षी दलका नेता तेजस्वी यादवले भनेका थिए, ‘नेपालको नजिक छ बिहार । डराएको होइन, सम्झाएको हो निर्वाचन आयोगलाई ।‘
भारतका एक जना अधिवक्ता नाजनिम अख्तरले भनेकी छिन्, ‘त्यो दिन टाढा छैन, जब यस्तो हालत भारतमा हुनेवाला छ । फेरि झोला उठाएर भाग्ने मौका पनि प्राप्त हुँदैन ।’
भारतको राजनीतिकर्मीदेखि युवामाझ पनि नेपालको घटनाको चर्चा भइरहेको छ । नेपालमा भएको घटनाका कारण भारतमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सम्बन्धित खबर
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
इभी गाडीले नयाँ वृद्धि भएको भाडा लिन नपाउने
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?