काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले युवाहरुले नै बनाएको हुनाले युवाहरुले नै नेतृत्त गर्दै आएको बताएका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले एमाले नयाँ र युवा मैत्री, जनमुखी, प्रगतिशिल बनाउन संरचनागत सुधार गर्ने बताएका हुन्।
‘हाम्रो पार्टीमा पुरानो पुस्ता छ। बिचको पुस्ता छ। युवा पुस्ता छ।’उनले भने, ‘हाम्रो पार्टीमा जेन्जी पुस्ता किन आइरहेको छैन। उनीहरुको र हाम्रो पार्टीका कडि किन टुटिरहेको छ। यसको गम्भीर समीक्षा गर्नेछौं। हाम्रो पार्टीको नीति, नेतृत्व आगामी दिनमा युवा मैत्री बनाउने छौं।’
एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने बताउँदै उनले युवाहरुलाई एमालेप्रति विश्वास गर्न सबैलाई आग्रह गरे। भट्टराईले भदौ २३ र २४ गतेको घटनाको व्यापक छानविन गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरे।
भट्टराईले नेपाल एक पटक फेरि संक्रमणकालमा प्रवेश गरेको बताउँदै संसद विघटन संक्रमण निधानको सही बाटो नभएको उल्लेख गरे। उनले संक्रमणको निराकरण संवैधानिक प्रक्रियाबाट हुनुपर्ने बताए। ‘जेनजीहरुका मागलाई संवैधानिक प्रक्रियाबाटै, संसदबाटै पूरा गर्न सकिन्थ्यो। राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ उहाँलाई संसदबाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो’ भट्टराईले भिडियो सन्देशमा भनेका छन् ‘तर त्यता जान खोजिएन। संसदलाई विघटन गरिएको छ। यो सही निकास होइन।’
संविधान परिपालना नगर्दा यसको खारेजीको जोखिम हुने उनको भनाइ छ। ‘संविधानलाई लिकमा फर्काउन,लोकतान्त्रिक प्रक्रियालाई लिकमा फर्काउन सजिलो छैन’ भट्टराईले भने,‘आगामी दिनमा संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूवर्क अघि बढ्नुको विकल्प छैन। प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौं तपाईंहरुका हरेक कदम संवैधानिक होउन। हामी समर्थन गर्छौं।’
सचिव भट्टराईले भ्रष्टाचार,कुशासन र बेथिती समाजको नकारात्मक पाटो भएकोले यसको अन्त्य हुनुपर्ने बताए। एमालेले भौतिक संरचना निर्माणमा ठूलो उपलब्धी हासिल गरेको स्मरण गराउदै भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि जति प्रयत्न गर्नुपथ्र्यो त्यती गर्न नसकिएको स्वीकार गरे। ‘जनताका आवाज,युवा पुस्ताको आवाजलाई ठिक ढंगले सम्बोधन गर्ने कुरामा हामी कतै चुक्यौं। ति कमिकमजोरीप्रति हामी आत्मालोचना गर्दछौं ’ भट्टराईले भने ‘यस कमजोरीका लागि जनतासँग माफी माग्दछौं। किनकि एउटा राजनीतिक दल जनताबिना बाँच्न सक्दैन। जनता हाम्रा आधार स्तम्भ हो। ’
भट्टराईले एमालेलाई गतिशिल बनाउन युवाहरुको आवश्यकता औल्याए। पार्टी संकटका बेला यो कारण वा त्यो कारण देखाएर पार्टी छोड्ने प्रवृति राम्रो नभएको बताउँदै विचलित नहुुन उनले आह्वान गरे।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’