जेन-जी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत

नवनियुक्त प्रधानमन्त्री कार्कीले सम्हालिन् पदभार

जेन-जी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत

padbhaar grahan 1

प्रधानमन्त्री कार्कीद्वारा पदभार गहण काठमाडौँ, २९ भदौः प्रधानमन्त्री सुशीला कार्कीद्वारा आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुहुँदै । तस्

काठमाडौं — नवनियुक्त प्रधानमन्त्री शुशीला कार्कीले आइतबारदेखि पदभार सम्हालेकी छन्।

जेन-जी आन्दोलनका मागलाई सम्बोधन गर्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गरेका हुन्। त्यसअघि उनले सहिद स्मारक लैनचोर पुगेर सहितहरुको सालिकमा माल्यार्पण गरेकी थिइन्।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रहेको भवनमा आगजनी भएपछि गृह मन्त्रालय रहेको भवनमा कार्यालय सारेर नवनियुक्त प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन्।

२०७२ सालमा भूकम्पले क्षति गरेपछि प्रधानमन्त्री कार्यालय पुनर्निमाण गरिएको थियो । त्यसअघि हालको गृह मन्त्रालयमा प्रधानमन्त्री कार्यालय सञ्चालनमा रहेको थियो।

मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख राहत

जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ ।

आज पदभार ग्रहण गरेकी प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गरेकी छन् । यो जानकारी मुख्य सचिव एकनारायण अर्यालले दिएका हुन् ।

उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ