जेन-जी आन्दोलनमा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनीमा भेटियो ६ जनाको शव

जेन-जी आन्दोलनमा आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनीमा भेटियो ६ जनाको शव

bhatbhateni

काठमाडौं — जेन-जी प्रदर्शनका क्रममा गत मंगलबार प्रदर्शनकारीले आगजनी गरेको काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।

आगोले जलेर क्षत्‌‌विक्षत् भएको अवस्थामा शव फेला परेका हुन्। यहाँ शुक्रबार एउटा शव भेटिएको थियो भने शनिबार थप पाँच वटा शव भेटिएका हुन्।

आगोले क्षतिग्रस्त भाटभटेनीमा ६ जनाको शव फेला परेको प्रहरी वृत्त गौशालाले जनाएको छ। ती शवको पहिचान गर्न सकिने अवस्था छैन।

शवको डीएनएपछि मात्रै शवको पहिचान गर्न सकिने प्रहरीले जनाएको छ। यहाँ रहेको भाटभटेनीमा पनि तोडफोड र आगजनी भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ