कुलमान घिसिङ उर्जामन्त्री बन्न ‘राजी’, भोलि सपथ

कुलमान घिसिङ उर्जामन्त्री बन्न ‘राजी’, भोलि सपथ

kulman

काठमाडौं : प्रधानमन्त्री नियुक्त भएको तेस्रो दिन मन्त्रीपरिषद् गठनमा सक्रिय भएकी सुशीला कार्कीको आग्रहमा कुलमान घिसिङ मन्त्री बन्न राजी भएका छन्।

घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख हुन्। उनी चुनावी सरकारको नेतृत्व लिन समेत इच्छुक देखिएका थिए। कार्कीले प्रारम्भमा  फोनमा छलफल गरेर प्रस्ताव राखेकी थिइन्। छलफल सकारात्मक भएपछि सिंहदरबारमा पुगेका थिए।

घिसिङ उर्जामन्त्री बन्नेछन्। केपी ओली नेतृत्वको सरकारले प्राधिकरणको प्रमुखबाट निकालिएपछि घिसिङ राजनीतिमा आउन छलफलमा सक्रिय थिए।
बालेन शाहको प्रतिनिधिको रूपमा संसद् विघटनमा भूमिका खेलेका ओमप्रकाश अर्याललाई पनि गृह र कानुन मन्त्री बनाइने भएको छ । रामेश्वर खनाल अर्थमन्त्री बन्नेछन् ।

मन्त्रीका रूपमा बालानन्द शर्माको नाम समेत आए पनि उनीबारे निर्णय नभएको स्रोतले बतायो। मन्त्रिको रूपमा रमेश खरेलको नाम समेत चर्चामा छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ