पहिलो महिला महान्यायाधिवक्ता बनिन् सविता भण्डारी बराल

पहिलो महिला महान्यायाधिवक्ता बनिन् सविता भण्डारी बराल

महान्यायाधिवक्ता बडालले दिए पदबाट राजीनामा

Sabita-Bhandari-Advocate

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्त गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । भण्डारी नेपालको पहिलो महान्यायाधिवक्तासमेत बनेकी छिन् ।

नवनियुक्त महान्यायाधिवक्ता भण्डारी सूचना आयोगकी पूर्वआयुक्त पनि हुन्। न्यायिक वृत्तमा सबैले गुरू मान्ने कृष्णप्रसाद भण्डारीकी छोरी हुन् । आइतबार बिहान प्रधानमन्त्री कार्कीले महान्यायाधिवक्ता बन्न भण्डारीलाई प्रस्ताव गरेको र उनले स्वीकार गरेपछि नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।

आजै यसअघिका महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरेका बडालले भदौ २४ गते नै पदबाट राजीनामा दिएका थिए । राजीनामा  राष्ट्रपतिले स्वीकृत गरेका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ