डा. सन्दुक रूइतले भने ‘बिरामी छाडेर मन्त्री बन्न जान्नँ ‘

डा. सन्दुक रूइतले भने ‘बिरामी छाडेर मन्त्री बन्न जान्नँ ‘

sanduk ruit

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा.रुइतसँग आग्रह गरेकी थिइन्। जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर,सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको स्रोतले बताएको छ। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा. रुइतले आफूले अस्पतालको काम र विरामीलाई छाड्न नसक्ने बताएका थिए।

जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेशामार्फत् नागरिकको सेवामा तल्लिन हुने बताउँदै आएका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ