यस वर्ष दशैंको टीका लगाउने साइत कति बजे उत्तम छ ?

यस वर्ष दशैंको टीका लगाउने साइत कति बजे उत्तम छ ?

Dashain teeka

काठमाडौं : यस वर्षको दशैंको टीका साइत बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ।

नेपाल पञ्‍चांग निर्णायक समितिले मंगलबार सार्वजनिक गरेको साइतअनुसार विजया दशमीको टीका ग्रहणका लागि असोज १६ गते बिहीबार बिहान ११ बजेर ५३ मिनेटमा उत्तम मानिएको छ।

उक्त दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ। समितिका अनुसार घटस्थापनाका लागि ६ गते सोमबार बिहान ९ बजेर १३ मिनेटको समय उत्तम रहेको छ।

त्यसैगरी ७ गते झण्डा फेर्ने साइत बिहान ९ बजेर ५३ मिनेटमा, १३ गते फूलपाती तुलजाभवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा उत्तम मानिएको छ।

समितिका अनुसार देवीको टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने उल्लेख छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ