काठमाडौं । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आफूमाथि आक्रमणको प्रयास भइरहेको दाबी गरेका छन् ।
गुरुङले आफूमाथि आक्रमण गर्ने प्रयासस्वरुप ‘फलो’ गरिएको दाबी गरेका हुन् ।
उनले आफू गाडी भित्र रहेको अवस्थामा मोटरसाइकलले निरन्तर फलो गरेको भन्दै आफूमाथि आक्रमणको प्रयास गर्न खोजिएको बताएका हुन् । उनले फेसबुक लाइभमा आफूमाथि कहिले होण्डा साइन त कहिले पल्सर बाइकमा केही व्यक्तिहरुले फलो गरेको बताएका हुन् ।
उनले आफूलाई जतिबेला पनि जे पनि हुनसक्ने भन्दै गाडीमा रहेका आफ्ना साथीहरुलाई आन्दोलनलाई अघि बढाउन भनेका छन् । साथै आफूमाथि निरन्तरप्रहार भइरहेको र आफूमाथिको प्रहारलाई प्रतिकार गर्न समेत भनेका छन् ।
जेनजी आन्दोलनका क्रममा सुदन र उनले चलाएको हामी नेपाल टिम सक्रिय रहेको थियो । जेनजी आन्दोलनपछि थप चर्चामा आएका उनलाई समेत जेनजीको अगुवाको रुपमा हेरिएको थियो । यद्यपि उनले आफूहरुले जेनजी आन्दोलनको सुरुवात नगरेको बरु आफूहरुले जेनजी आन्दोलनलाई सफल अवतरण गराएका बताएका थिए । सुदनले लामो समयदेखि एनजीओ मार्फत् विभिन्न सामाजिक काम गर्दै आइरहेका थिए । तर जेनजी आन्दोलनपछि उनी जेनजी उमेर समूहको नरहेको र उनले जेनजी आन्दोलनको लाभ मात्रै लिन खोजेको भन्दै आलोचना समेत भएको थियो । यता उनले भने आफूलाई राजनीति गर्नु नरहेको बताउँदै आइरहेका छन् ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण