नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निकै अप्ठ्यारो स्थितिमा पनि संविधान रक्षाका लागि दह्रोसँग उभिएकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिएका छन्।
संविधान दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि राष्ट्रपति र प्रधान सेनापति अशोकराज सिग्देलले खेलेको भूमिकाको प्रशंसा गरेका हुन्।
‘राष्ट्रपतिजी निकै अप्ठ्यारो स्थितिमा संविधान रक्षामा दह्रो रूपमा उभिनुभएकै हो, उहाँ त्यसरी नउभिएको भए आज जे स्थिति छ, सायद त्यो हुँदैनथ्यो,’ उनले भने, ‘उहाँलाई धन्यवाद छ।’
जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो भने अन्तरिम सरकार गठनका लागि राष्ट्रपतिले अधिकांश दल र जेनजी आन्दोलन पक्षधरलगायत सँग संवाद गरेका थिए।
यो घटनाक्रम र संयोगले आफूलाई कुनै न कुनै रूपमा सहजीकरण गर्ने अवसर दिएको प्रचण्डको भनाइ छ।
‘मैले संसद विघटन मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन केकस्ता कसरतहरू भए भन्ने कुरा मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ,’ प्रचण्डले भने।
संविधान र राष्ट्रपति संस्था बचाउन आफूले पनि सहजीकरण गरेको प्रचण्डको भनाइ छ।
‘यो संविधान र राष्ट्रपति संस्था तथा अहिलेका राष्ट्रपतिसँग हामी माओवादीको पनि निकै ठूलो योगदान रहेको छ, त्यसैले हामीलाई त्यो भन्ने अधिकार थियो र छ,’ उनले भने।
साथै उनले प्रत्यक्ष देखेको र भोगेको कारण भन्दै प्रधान सेनापति अशोकराज सिग्देलको भूमिकाको पनि प्रशंसा गरेका थिए।
प्रधान सेनापतिले राजनीतिक रूपले निकास निस्किएन भने देश भयानक अवस्थामा जान्छ सक्छ भनेर सहजीकरणको कोसिस गरेको उनको भनाइ छ। ‘मेरो दृष्टिमा उहाँ पनि धन्यवादको पात्र हुनुहुन्छ,’ उनले भने।
उनले अरू दलहरूसँग पनि सहजीकरणपछि सुशीला कार्की नेतृत्वमा अहिलेको अन्तिरिम सरकार बनेको पनि बताएका छन्।
‘अन्य दलसँग पनि संवाद गरेर अन्तरिम सरकारको अहिले जे रूप देखिएको छ त्यसमा गएर भए पनि संविधान बचाउनुपर्छ भनेर हामी लागेका थियौं,’ उनले भने।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह