काठमाडौं । गणतन्त्रका नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान संविधान धेरै लामो संघर्ष र बलिदानीपछि आएको र यो संविधान समावेशी रहेको बताएका छन् ।
संविधान दिवसको अवसरमा आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पूर्व राष्ट्रपति यादवले नेपालको संविधान २०७२ सुन्दर भएको बताए ।
तर, प्रयोगकर्ताहरुले गलत गर्दा संविधान कार्यान्वयनमा समस्या आएको उनको तर्क छ । उनले नेपालको संविधान क्षतिविच्छेद नभएको दाबी गरे । उनले भने,‘अहिले सम्माननीय राष्ट्रपतिजीले जुन एउटा निकास दिनुभएको छ, त्यो निकासले ६ महिनाभित्रै चुनाव गराउने, न्यायमूर्तिको नेतृत्वमा सरकार बनेको छ, जसको स्वच्छ छवि छ । यो संविधान पूरै ट्रयाकमा आउँछ । अहिले राष्ट्रपतिले निकाल्नुभएको बाटोभन्दा अर्को बाटो अहिले थिएन । हामी सबै नेपालीले, युवा पुस्ताले पनि संयमताका साथ चुनावमा गएर संविधानमार्फत जानुपर्छ ।’
संविधानमा भएको त्रुटि सुधार गरेर समयसापेक्ष बनाउनुपर्ने उनको तर्क छ । प्रत्यक्ष निर्वाचनमा जाँदा देशलाई असर गर्ने उनको आँकलन छ । अब निर्वाचित भएर आउने सांसदहरुले संसद्मा मन्थन गरेर संविधानलाई सुधार गरेर अघि बड्ने उनको विश्वास छ । उनले भने,‘यो संविधान अहिलेपनि ट्रयाकमा छ । राष्ट्रपति हुनुहुन्छ । संविधान छँदैछ । राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई शपथग्रहण गराईएको छ ।’ उनले मुख्य दलहरुलेपनि अब कहाँ गल्ती भएको थियो भनेर समिक्षा गर्नुपर्ने सुझाव दिए ।
उनले भने,‘पहिलो दिन भदौ २३ गते जुन नरसंहार भयो, युवाहरुको त्यत्रो नरसंहार भयो, त्यो चाहीँ गृह प्रशासन र यो सरकारको कमजोरीले भयो । दोस्रो दिन, यसमा छद्यमभेषीहरु पसे, त्यसले देशमा हाम्रो सार्वजनिक सम्पत्ति, धरोहरदेखि लिएर आक्रमण गर्यो, यो भनेको लोकतन्त्रमाथि आक्रमण गरेको छ । यसमा न्यायिक आयोग बनाएर यसलाई सही ढंगले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ । खरबौंको सार्वजनिक सम्पत्ति नष्ट भएको छ । कस्तो नेपाली छ ? जसले यस्तो उपद्रवो गरेको छ ।’
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’