घर जलेर खण्डहर बनेको देखेपछि राधिका शाक्य भक्कानिइन्, भनिन्- ‘इतिहासको धरोहर नै नष्ट गरिएछ’

घर जलेर खण्डहर बनेको देखेपछि राधिका शाक्य भक्कानिइन्, भनिन्- ‘इतिहासको धरोहर नै नष्ट गरिएछ’

'हामीले राष्ट्रकै नाममा सुम्पेको सम्पत्ति जलाएर आखिर कसलाई के फाइदा भयो ?ʼ

radhika_shakya_om0p5zsbHb_gBL3dLcZms

काठमाडौं : निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य बालकोटस्थित आफ्नो जलेर खण्डहर बनेको घर पुगेकी छन्। जलेर खण्डहर बनेको घर देखेपछि उनी भक्कानिएको एमाले नेता महेश बस्नेतले जानकारी दिए।

बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ʻबालकोट आमाको पीडा, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीकी धर्मपत्नी राधिका शाक्य आफ्नो जलेर खण्डहर बनेको घर पुगेपछि रोक्न नसक्ने आँसुमा भक्कानिनुभयो।ʼ

राधिकालाई उद्धृत गर्दै बस्नेतले थप लेखेका छन्,ʻउहाँले भन्नुभयो, यो त केवल घर जलाएको मात्र होइन, इतिहासको धरोहर नै नष्ट गरिएको हो। हामीले राष्ट्रकै नाममा सुम्पेको सम्पत्ति जलाएर आखिर कसलाई के फाइदा भयो ?ʼ

घरभन्दा ठुलो धरोहर जलाएको भन्दै राधिकाले यसले राष्ट्रलाई कुनै लाभ नदिएको उल्लेख गरिन्। उल्टै यसले पीडाको ठुलो छाल मात्र छाडेको उनको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ