सरकार नसुध्रिए नेपालको जस्तै जेन-जी प्रदर्शन हुन्छ: भारतका पूर्वमन्त्री

प्रदर्शन

सरकार नसुध्रिए नेपालको जस्तै जेन-जी प्रदर्शन हुन्छ: भारतका पूर्वमन्त्री

roy

भारत राष्ट्र समितिका कार्यकारी अध्यक्ष र तेलंगानाका पूर्वमन्त्री केटी रामा रावले सरकारले जनताको आकांक्षा पूरा गर्न नसकेमा भारतमा पनि नेपालको जस्तै जेन-जी विरोध प्रदर्शन हुन सक्ने चेतावनी दिएका छन्।

शनिबार एनडीटीभी युवा कन्क्लेभमा बोल्दै रावले नेपालमा प्रदर्शन सुरु हुँदा प्रदर्शनकारीको खिल्ली उडाइएको बताए। तर पछि त्यही प्रदर्शनले तत्कालीन केपी शर्मा ओली सरकारलाई ढालेको कुरा पनि स्मरण गरे।

उनले भने, ‘नेपालमा हालै जे भयो त्यो लोकतन्त्रको दमन र जेन-जीको आवाजको दमन बाहेक अरू केही थिएन। सुरुमा, जेन-जीले विरोध गर्दा मिडियाले पनि खिल्ली उडाएको थियो। उनीहरूले भने कि उनीहरू इन्टरनेट (सामाजिक सञ्जाल) बन्दको विरोध गरिरहेका छन्। तर उनीहरू आफ्नो भविष्यको लागि विरोध गरिरहेका थिए।’

भारतमा पनि यस्तै विरोध हुन सक्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘यदि सरकारले जनताको आकांक्षालाई पूरा गर्न असफल भइरह्यो भने, किन हुँदैन? हुन्छ।’ तर जब यो प्रश्न दर्शकलाई सोधियो, जसमा धेरै युवा थिए, उनीहरूले भारतमा नेपालको जस्तो प्रदर्शन नहुने बताए।

युवालाई जवाफ दिँदै उनले त्यसका लागि पर्खनुपर्ने बताए। उनका अनुसार सामाजिक सञ्जालका कारण राजनीतिज्ञले अब अनफिल्टर्ड प्रतिक्रिया पाइरहेका छन्। अबको १० वर्षमा राजनीति धेरै परिवर्तन हुने उनको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ