आइतबारबाट पितृ पक्ष अर्थात् सोह्र श्राद्ध सकिँदैछ। सोमबारबाट दसैं प्रारम्भ हुँदैछ। सोमबार घटस्थापना हो।
दसैं सुरू हुने पूर्वसन्ध्यामा मौसम केही उघ्रिएको छ। देशव्यापी रूपमा मनसुन कमजोर हुँदा कतैकतै घाम लागेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी र मधेसमा वर्षा भएको देखिएको छैन।
मौसमविद् विनोद पोखरेलले घटस्थापनादेखि फूलपातीसम्म (एकहप्ता) मनसुन त्यति सक्रिय हुने सम्भावना देखेका छैनन्।
यद्यपि साँझ तथा राति केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने छ।
‘भोलि घटस्थापनादेखि एक हप्तासम्म मौसम त्यति सक्रिय देखिँदैन तर साँझ तथा बेलुका केही ठाउँमा वर्षा हुने सम्भावना बाँकी नै छ,’ उनले भनेका छन्।
फूलपातीदेखि दसैंको टीकासम्म भने मौसम फेरि सक्रिय हुने सम्भावना देखिएको छ। जसका कारण नेपालभरि हिले दसैं हुने सम्भावना रहेको उनले बताएका छन्।
‘अर्को हप्ता दसैंको मध्य बेलामा मौसम फेरि सक्रिय हुने देखिन्छ। जसका कारण नेपालभरि हिले दसैं हुने सम्भावना धेरै रहेको छ,’ उनले प्रक्षेपण गरेका छन्। विभिन्न मोडलहरूको अध्ययनमार्फत् उनले यो विश्लेषण गरेका हुन्।
मौसमविद्ले यसपटक मनसुन बाहिर समय लाग्ने पनि प्रक्षेपण गरेका छन्। अघिल्लो वर्ष १२ अक्टोबरमा मनसुन बाहिरिएको थियो। यसपटक सरदरभन्दा १५ (जेठ १५) दिन अगावै मनसुन भित्रिए पनि अझै दुई हप्तापछि मात्रै मनसुन बाहिरिने उनीहरूले प्रारम्भिक आकलन गरेका छन्।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’