आइतबारबाट पितृ पक्ष अर्थात् सोह्र श्राद्ध सकिँदैछ। सोमबारबाट दसैं प्रारम्भ हुँदैछ। सोमबार घटस्थापना हो।
दसैं सुरू हुने पूर्वसन्ध्यामा मौसम केही उघ्रिएको छ। देशव्यापी रूपमा मनसुन कमजोर हुँदा कतैकतै घाम लागेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ। कोशी र मधेसमा वर्षा भएको देखिएको छैन।
मौसमविद् विनोद पोखरेलले घटस्थापनादेखि फूलपातीसम्म (एकहप्ता) मनसुन त्यति सक्रिय हुने सम्भावना देखेका छैनन्।
यद्यपि साँझ तथा राति केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना भने छ।
‘भोलि घटस्थापनादेखि एक हप्तासम्म मौसम त्यति सक्रिय देखिँदैन तर साँझ तथा बेलुका केही ठाउँमा वर्षा हुने सम्भावना बाँकी नै छ,’ उनले भनेका छन्।
फूलपातीदेखि दसैंको टीकासम्म भने मौसम फेरि सक्रिय हुने सम्भावना देखिएको छ। जसका कारण नेपालभरि हिले दसैं हुने सम्भावना रहेको उनले बताएका छन्।
‘अर्को हप्ता दसैंको मध्य बेलामा मौसम फेरि सक्रिय हुने देखिन्छ। जसका कारण नेपालभरि हिले दसैं हुने सम्भावना धेरै रहेको छ,’ उनले प्रक्षेपण गरेका छन्। विभिन्न मोडलहरूको अध्ययनमार्फत् उनले यो विश्लेषण गरेका हुन्।
मौसमविद्ले यसपटक मनसुन बाहिर समय लाग्ने पनि प्रक्षेपण गरेका छन्। अघिल्लो वर्ष १२ अक्टोबरमा मनसुन बाहिरिएको थियो। यसपटक सरदरभन्दा १५ (जेठ १५) दिन अगावै मनसुन भित्रिए पनि अझै दुई हप्तापछि मात्रै मनसुन बाहिरिने उनीहरूले प्रारम्भिक आकलन गरेका छन्।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो