‘जेन–जीको रगतमा बनेको नयाँ सरकार आउँदा पनि घोटालाको शैली देखिन्छ’

राजनीति

‘जेन–जीको रगतमा बनेको नयाँ सरकार आउँदा पनि घोटालाको शैली देखिन्छ’

mahesh-basnet

नेकपा (एमाले)का नेता महेश बस्नेतले जेन–जीको रगतमा बनेको नयाँ सरकार आउँदा पनि  घोटालाको शैली देखिएको बताएका छन्।

नयाँ गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार सम्हालेकै लगत्तै नेपाल प्रहरीले पोसाक खरिदमा २५ आइटम दोब्बर–तेब्बर मूल्यमा ठेक्का दिएको तथ्य बाहिर आएका भन्दै उनले यस्तो आरोप लगाएका हुन्।

‘गत वर्ष २५१ रुपैयाँमा खरिद गरिएको सर्ट यसपालि ४२६ रुपैयाँमा कबोल भएको छ, जुत्ता पाइन्टदेखि चुस्तासम्म करोडौँ थप खर्च गर्ने गरी स्वीकृति गरिएछ,’ बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुरानै ठेकेदार, सीमित प्रतिस्पर्धा, र गृहमन्त्री मौन रहेर मिलेमतोमा ठेक्का दिएको व्यापक आशङ्का छ। प्रश्न भ्रष्टाचार को विरोधमा जेनजीको रगतमा बनेको नयाँ सरकार आउँदा पनि  घोटालाको शैली  देखिन्छ भने, जनताले कसरी विश्वास गर्ने ?’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds