काठमाडौं- अन्तरिम सरकारका ४ जना मन्त्रीहरूले शपथ लिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि सिफारिस डा संगीता कौशल मिश्राको नाम हटाइएपछि ४ जनाले मात्रै शपथ लिएका हुन्।
पूर्वअतिरिक्त सचिव डा संगीता कौशल मिश्राको सहित ५ जनाको नाम आइतबार बेलुकी राष्ट्रपति कार्यालयमा पठाइएको थियो।डा मिश्राका विषयमा विषयमा विवाद बढेपछि उनलाई सूचीबाट हटाएर अन्य मन्त्रीलाई शपथ गराइएको हो।
अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले शपथका लागि सोमबार अन्तिम सूची पठाउँदा डा मिश्राको हटाएर पठाएकी थिइन्। कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।
तर, स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी डा मिश्राको अख्तियारमा उजुरी रहेको, सचिव नबन्दा ६ महिना बिदामा बसेको र अनुभवको सर्टिफिकेट किर्ते गरेको आदि विवाद सतहमा आएपछि सूचीबाट हटाइएको हो।
मन्त्री बन्ने तय भएपछि डा मिश्राले अतिरिक्त सचिवबाट समेत राजीनामा गरेकी थिइन्। आइतबार नै उनको राजीनामा स्वीकृत भइसकेको छ।
डा. मिश्राको मन्त्री नबनेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीसँग नै रहेको छ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’