अमेरिकाले नयाँ सरकारसँग माग्यो एमसीसी कार्यान्वयन गर्ने थप प्रतिबद्धता

अमेरिकाले नयाँ सरकारसँग माग्यो एमसीसी कार्यान्वयन गर्ने थप प्रतिबद्धता

जेन-जी आन्दोलनपछि परिवर्तित अवस्था र अमेरिकाले गर्न सक्ने सहयोगबारे छलफल

rameshwor-khanal-dr-tamsan-meeting

काठमाडौँ- अमेरिकी राजदूत डीन.आर. थम्पसनले सोमबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर थम्पसनले खनालसँगको छलफलमा मिलेनियम च्यालेन्ज कोअर्पोरेशन (एमसीसी) कार्यान्वयनमा थप प्रतिबद्धता खोजेका छन् ।

भेटमा अर्थमन्त्री खनाल र अमेरिकी राजदूत थम्पसनबीच भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि परिवर्तित अवस्था र अमेरिकाले गर्न सक्ने सहयोगबारे छलफल भएको थियो ।

उक्त भेटमा राजदूत थम्पसनले एमसीसीको सहयोगमा सञ्चालित परियोजनाहरू समयमै सम्पन्न गर्ने कार्ययोजनामा नेपाल सरकारको थप प्रतिबद्धता जरूरी रहेको पनि बताएका छन् ।

उक्त भेटमा अर्थमन्त्री खनालले एमसीसी परियोजनाको सफल कार्यान्वयनका लागि सरकारको तर्फबाट गर्नुपर्ने काममा ढिलाइ नहुने विश्वास दिलाएका उनको सचिवालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ