काठमाडौं, ७ असोज । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आफूले प्रधानमन्त्री बन्नका लागि आएको अफर अस्वीकार गरेको बताएका छन् ।
आज (मंगलबार) पत्रकार सम्मेलनमार्फत उनले आफूले विदेशीहरुको खेलमा जान नचाहेकाले प्रधानमन्त्रीको अफर अस्वीकार गरेको बताएका हुन् । आन्दोलन चमर उत्कर्षमा पुगेको बेला नेपाली सेनाको मुख्यालय पुगेर प्रसाईँले प्रधानसेनापति अशोकराज सिग्देलसँग संवाद गरेका थिए ।
सोही प्रसंगलाई जोड्दै सञ्चारकर्मीहरुले ‘तपाईँ जंगी अड्डामा गएर छलफल गर्नुभएको थियो । तपाईँलाई प्रधानमन्त्रीको अफर आएको हो ?’ भन्ने प्रश्नमा प्रसाईँले भने, ‘आएको हो । तर, मैले विदेशीहरुको खेलमा म जान्न । किनभने यो देश जोगाउनका लागि भएका दल त सकिए । उनीहरु आफ्नै कारणले सकिए, भ्रष्टाचार गरेर सकिए । यिनीहरुकै कारणले गर्दा यहाँ विदेशीले बुट बजार्न आँटे । भोलि अप्ठ्यारो पर्दाखेरी तपाईँहरु सबैको आँखा अहिले दुर्गा प्रसाईँतिर छ हैन ? मैले अहिले गएर त्यहाँ प्रधानमन्त्री के, मसँग घर छदैछ, गाडी छदैछ । म के गर्न जानु त्यहाँ ? जुनदिन देशलाई अप्ठ्यारो पर्छ, त्यो दिन दुर्गा प्रसाईँ र दुर्गा प्रसाईँको अभियान अगाडि बढ्छ भनेर म आएको हो ।’
साथै, उनले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने ठोकुवा गरे । उनले यो सरकार निर्वाचन गराउनेखालको नै नबनेको जिकिर गरे । उनले भने, ‘यो मलाई जहाँसम्म लाग्छ निर्वाचन नै हुँदैन । यो सरकार बन्यो निर्वाचन गराउनेखालको ?’
प्रसाईँले आफूहरुले दसैं, तिहार र छठपछि आन्दोलनको तयारी रहेको पनि बताए । उनले हिन्दु अधिराज्य कायम नगरिकन अब आन्दोलनबाट ब्याक नहुने बताए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा