अर्थमन्त्री रामेश्वर खनालले चुच्चे नक्सासाथमा राखेर नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटघाट गरेका छन्।
नेपालको संविधानमा नै उल्लेख भएको र अन्तर्राष्ट्रियस्तरबाट समेत स्वीकार्य भइसकेको नेपालको उक्त नक्सालाई भारतले भने अहिलेसम्म मानेको छैन । नेपालले आफ्नो क्षेत्र भएको दाबी गर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्साबारे भारतले आपत्ति जनाउँदै आएको छ । पछिल्लो समय चीनसँग भारतले नेपाली भूमि प्रयोग गर्ने व्यापारिक सम्झौता समेत गरेको थियो ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा उक्त भूमी नेपालको भएको र भारत चीनबीचको सम्झौता अस्वीकार्य रहेको बताएपछि विवाद थप बढेको थियो । सोही अडानका कारण ओलीको भारत भ्रमणसमेत अनिश्चित बनेको थियो । भारत भ्रमण नहुँदै प्रधानमन्त्री ओलीले राजीनामा दिए।
यसअघि भारतीय कुटनितिज्ञले नेपाल भ्रमणका क्रममा चुच्चे नक्सा सामुन्ने भेटघाट र वार्ता गर्न अस्वीकार गर्दै आएका थिए । चुच्चे नक्साबारे भारतको अडान कायम रहँदा अर्थमन्त्री खनालले मंगलबार आफ्नै कार्यकक्षमा नेपालको ठुलो नक्सा पछाडी राखेर राजदूत श्रीवास्तवसँग भेट गरेका हुन् । भेटमा भारत सरकार नेपालमा जेनजी आन्दोलनबाट बनेको सरकारलाई सहयोग गर्न तयार रहेको र विगतमा भइरहेका विकास निर्माणका कामहरु प्रभावित नहुने गरी सहयोगलाई निरन्तरता दिने बताएका थिए ।
मंगलबार नै चुच्चे नक्सालाई स्वीकार नगरको अर्को छिमेकी मुलुक चीनका राजदूतसँग पनि सोही नक्साअघि अर्थमन्त्री खनालले कुराकानी गरेका थिए ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु