तीन महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्ने मन्त्री पुनको चेतावनी

तीन महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्ने मन्त्री पुनको चेतावनी

सामुदायिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप गर्न निर्देशन

Mahabir-Pun-1

काठमाडौँ – शिक्षामन्त्री महावीर पुनले परीक्षाको नतिजा तीन महिनाभित्र निकाल्न विश्वविद्यालयहरूलाई निर्देशन दिएका छन्।

तीन महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक नगरे विश्वविद्यालयको अनुदान रोक्का गर्ने उनले चेतावनी दिएका छन्।

त्रिभुवन विश्वविद्यालयको हाताभित्र ठूला रुखहरू नकाटि बगैंचासहितको फुटपाथ बनाउने पनि उनले बताएका छन्।

उनले आज मन्त्रालयमा दिएका तीन निर्देशनबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

शिक्षामन्त्री महावीर पुनको फेसबुक पोस्टः


मन्त्रालयमा आज उठेका र काम तुरुन्त अगाडि बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्-

१) नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने।

२) केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपूरणीय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिदिने। राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दा रहेछन्।

३) त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुखहरु नकाट्ने) सफा गरी सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने।  

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ