काठमाडौँ – शिक्षामन्त्री महावीर पुनले परीक्षाको नतिजा तीन महिनाभित्र निकाल्न विश्वविद्यालयहरूलाई निर्देशन दिएका छन्।
तीन महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक नगरे विश्वविद्यालयको अनुदान रोक्का गर्ने उनले चेतावनी दिएका छन्।
त्रिभुवन विश्वविद्यालयको हाताभित्र ठूला रुखहरू नकाटि बगैंचासहितको फुटपाथ बनाउने पनि उनले बताएका छन्।
उनले आज मन्त्रालयमा दिएका तीन निर्देशनबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
शिक्षामन्त्री महावीर पुनको फेसबुक पोस्टः
मन्त्रालयमा आज उठेका र काम तुरुन्त अगाडि बढाउन निर्देशन दिएको ३ वटा साना साना कदमहरु हेर्नुहोस्-
१) नेपालभरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने।
२) केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ वर्षसम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपूरणीय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिदिने। राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिनाभित्रै निकाल्दा रहेछन्।
३) त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र ठूलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठूला रुखहरु नकाट्ने) सफा गरी सुन्दर बगैँचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने।
सम्बन्धित खबर
दक्षिण एसियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २७ औं स्मृति दिवस, लोकप्रिय मात्र होइन, आमजनताको प्रधानमन्त्री
अव्यवस्थित बस्ती हटाउन ऐतिहासिक सफलता, सुकुम्बासी भन्दा हुकुमवासी बढी हुँदा सहज
संघीय निजामती सेवा ऐन नियमित प्रक्रियाबाटै आउने
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती
सुकुम्बासी बस्तीमा डोजर चल्दै, बस्ती खाली गर्न प्रहरीको माइकिङ
उद्योगी शेखर गोल्छा पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ