मधेस प्रदेश सरकारको नयाँ मुख्यमन्त्री नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णा यादव बन्ने भएका छन्। मधेस प्रदेश सरकारबाट कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतिशकुमार सिंहको सरकार अल्पमतमा परेपछि यादवको नेतृत्वमा नयाँ सरकार गठनका लागि चार दलबिच सहमति भएको हो।
सत्तारूढ जनमत पार्टीले समेत मुख्यमन्त्री सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्ना दुई मन्त्री फिर्ता बोलाइसकेको छ। सिंह पनि जनमत पार्टीकै हुन्। जनमत र कांग्रेसले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री सतिश सिंहको सरकार अल्पमतमा परेको थियो।
कृष्णा यादवको नेतृत्वमा सरकार गठन गर्न कांग्रेस, एमाले, जनमत र लोसपासहित चार दलबिच सहमति भएको जनमत पार्टीका नेता महेश यादवले पुष्टि गरे। उनका अनुसार मधेसमा नयाँ सरकार बनाउने गरी सहमति बनिसकेको छ।
‘विभिन्न चरणको छलफलपश्चात सरकारको नेतृत्व कांग्रेसलाई दिएर चार दलको समीकरणमा नयाँ सरकार बनाउने सहमति बनिसकेको छ,’ उनले भने, ‘यो पहिलाकै समीकरण अर्थात् गठबन्ध हो। जसमा नेपाली कांग्रेस, नेकपा एमाले, जनमत र लोसपा मिलेर नयाँ सरकार गठन गर्ने गरी हामीबिच सहमति भएको छ।
यादवले थपे, ‘केबल नेतृत्व मात्र फेरिने भएको छ। नेतृत्व कांग्रेसलाई दिनेगरी सहमति बनेको छ।’
नेता यादवका अनुसार प्रदेश प्रमुख अहिले काठमाडौंमा छन् उनी आजै जनकपुरधाम आइपुग्ने छन्। उनले भने, ‘हामी आइतबार चारै दलका बहुमत सांसदहरूको हस्ताक्षरसहित सरकार निर्माणको लागि प्रदेश प्रमुख समक्ष पेस हुँदै छौं।’
मुख्यमन्त्री कांग्रेसलाई दिने सम्झदारी भए पनि कुन पार्टीलाई कति वटा मन्त्रालय दिने त्यसमा भने सहमति भइनसकेको उनले बताए। ‘अहिले चार दलबिच सहमति छ। पछि अन्य दलका साथीहरूलाई पनि समेट्ने पहल गर्छौं,’ उनले भने।
जनमतले यही २८ गते आफ्नो पार्टीबाट मुख्यमन्त्री बनेका सिंहलाई फिर्ता बोलाएको थियो। मुख्यमन्त्री आफैँ सांसद रहेको पार्टीले उनलाई सरकारबट बाहिरिन भनेपछि कांग्रेसले गत बुधबार सरकारबाट समर्थन फिर्ता लिएको थियो।
मधेसमा सरकार निर्माणका लागि ५४ सांसदको बहुमत आवश्यक छ। नयाँ समीकरणअनुसार प्रदेश सभामा कांग्रेसको २२, एमालेको सभामुखसहित २४ (एक जना निलम्बनबाहेक) जनमतको १३, लोसपाको ८ जना (एक निलम्बन बाहेक) का सांसद छन्। यो संख्यालाई आधार मान्ने हो भने नयाँ सरकार निर्माणका लागि पर्याप्त बहुमत छ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’