पत्रकारिता पनि फिक्सनमा चल्ने गरेको छ, कथा बनायो, अर्काको चरित्र हत्या गर्‍यो: ओली

राजनीति

पत्रकारिता पनि फिक्सनमा चल्ने गरेको छ, कथा बनायो, अर्काको चरित्र हत्या गर्‍यो: ओली

kp-oli 1

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यम र सञ्चारकर्मीहरूमा सुधारको खाँचो रहेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालद्वारा शनिबार वडादशैंको अवसरमा आयोजित खुला भेटघाट कार्यक्रममा ओलीले  असत्य कुरालाई पनि समाचार बनाउने गरेको भन्दै आपत्ति जनाए ।
साथै उनले असत्य समाचार नबनाउन समेत आग्रह गरे । ‘अहिले त पत्रकारहरूले पनि फिक्सनमा समाचार बनाउने गरेका छन् । पत्रकारिता पनि फिक्सनमा चल्ने गरेको छ । कथा बनायो, अर्काको चरित्र हत्या गर्‍यो । सञ्चारकर्मी मित्रहरूलाई म भन्न चाहन्छु तपाईंहरू पनि यही देशमा बाँच्ने हो । तपाईंहरूका सन्तति पनि यही देशमा बाँच्ने हो । तपाईंहरू असत्य कथा रचिरचि गलत समाचार सम्प्रेषण नगर्नुहोस् । हामी सबैले यही देशलाई सुन्दर बनाएर बाँच्नुपर्छ,’ उनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ