राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत होस्ः प्रदेश प्रमुख भट्ट

बडादशैंको शुभकामना सन्देश

राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत होस्ः प्रदेश प्रमुख भट्ट

Pradesh Pramukh Dilli Raj Bhatta 1

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालीको महान् पर्व बडादशैं/विजयादशमी २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

उहाँले यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले भनेका छन् – ‘बडादशैंले हामी सबैमा राष्ट्र पुनर्निर्माणमा नयाँ जोश, जाँगर र उत्साह, उमङ्गसहित सामाजिक–सांस्कृतिक एकता कायम राख्न प्रेरणा प्रदान गरी दिगो शान्ति, नागरिकको सुरक्षा, अमनचयन, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्नेछ भन्ने विश्वास लिएको छु ।’

बडादशैंले नेपालीबीच आपसी प्रेम, देशभक्ति, करुणा र अहिंसाको भावना बढ्नेछ भन्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।

मुलुकको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता कायम गर्न साथै सामाजिक–सांस्कृतिक परम्परा, ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्न बडादशैंको विशेष महत्व रहेको उनले उल्लेख गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ