प्रधानमन्त्री कार्कीले यस वर्ष टीका जमरा नलगाउने

धर्म संस्कृति

प्रधानमन्त्री कार्कीले यस वर्ष टीका जमरा नलगाउने

sushila karki 11

प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैँको टीका जमरा नलगाउने घोषणा गरेकी छन्।

जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको भन्दै यस वर्ष बडा दसैँको टीका जमरा नलगाउन सचिवालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।

‘बडा दसैँ प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु छ,’ विज्ञप्तिमा भनिएको छ,‘तसर्थ, यसबर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैँको टीका जमरा नलगाउनु हुने र देश बासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ