आकाश खुल्यो, आन्तरिक उडान पनि सञ्चालनमा

आकाश खुल्यो, आन्तरिक उडान पनि सञ्चालनमा

airport plane kathmandu

काठमाडौँ —काठमाडौंको आकाश बिहानैदेखि खुलेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चहलपहल बढेको छ । आन्तरिक उडान पनि सञ्चालनमा आउन थालेका छन् ।

काठमाडौं बाहिरका अधिकांश सुगम विमानस्थलहरूमा पनि उडान सञ्चालन सुरु भएको आन्तरिक ट्रमिनलका एक व्यवस्थापकले जानकारी दिए। बिहानैदेखि पानी परेको छैन ।

विमानस्थलका अधिकारीहरूका अनुसार शनिबार बिहान ६:०० बजे सुरु भएको उडान सञ्चालन आइतबार बिहान ५:२४ बजेसम्म, करिब २४ घन्टा निरन्तर रूपमा जारी थियो।

नागरिक उड्डयन प्राधिकरणका अनुसार शनिबारका लागि १४५ वटा आन्तरिक उडान तय गरिएको थियो, तर केवल ७ वटा मात्र सम्पन्न भएका थिए। १३८ उडानहरू मौसम प्रतिकूल रहेको कारण देखाउँदै रद्द गरिएको थियो। ती ७ वटा विमानहरू भद्रपुर, विराटनगर, भैरहवा र पोखरामै रोकिएका थिए।

आज आइतबारका लागि कुल १४० वटा आन्तरिक उडान तय भएका छन्। तीमध्ये बुद्ध एयरका ७२ उडान सबैभन्दा बढी रहेका छन्।

आन्तरिक टर्मिनलका अनुसार शनिबार पोखरा, विराटनगर, भरतपुर, भैरहवा, जनकपुर, धनगढी र नेपालगञ्जमा रोकिएका विमानहरू आज क्रमशः काठमाडौं फर्किँदै छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ