जेन–जी आन्दोलनको नाममा देखिएको अराजक भीडलाई राष्ट्रिय सम्पदामाथि आगो लगाउन उक्साउनेहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा परेको जाहेरी अध्ययनपछि मात्र दर्ता गरिने भएको छ ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडालसहितको टोली आज जाहेरी लिएर पुगेकोमा प्रहरीले अध्ययनपछि दर्ता गरिने जनाएको छ ।
प्रहरीले जाहेरी लिएपनि थप अध्ययन र सरकारी वकिलसँग छलफल गरेपछि मात्र दर्ता गर्ने जानकारी दिएको अनेरास्ववियुका पूर्वअध्यक्ष बडालले बताए । जनआस्थासँग उनले भने,‘जाहेरीमा विशेषतः तीन वटा विषय उल्लेख छ । उहाँहरुले जाहेरी लिनुभएको छ तर दर्ता गर्नुभएको छैन । हामीलाई २४ घण्टापछि बोलाउनुभएको छ, हामी फेरि भोलि परिसर जान्छौं ।’
जेन–जी प्रदर्शनमा गोली चलाउन आदेश दिएको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग गर्दै जेन–जी समूह र शहिद परिवारले प्रहरीमा जाहेरी दिएपछि एमालेका युवा नेताहरुको टोली आज अपरान्ह परिसर पुगेको हो ।
परिसरले जेन–जी समूहको निवेदन जेन–जी घटनामाथि छानबिन गर्न सरकारले बनाएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ भने अनेरास्ववियुको जाहेरीमाथि अध्ययन थालिएको छ । अखिलले काठमाडौं महानगरका बालेन साह र हामी नेपालका सुधन गुरुङलाई उक्त घटनाको मुख्य अभियुक्त किटानी गरेका छन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा