काठमाडौं, असोज २२ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको उक्साहटमा सिंहदरबार, शितल निवास, सर्वोच्च अदालत र संसद भवन जलेको दाबी गरेका छन् ।
मेयर शाहले गत भदौ २४ गतेको आन्दोलनमा महानगर दायित्त्वबाट पछाडि नहटेको र जेनजी आन्दोलनमा लागेको आगो निभाउन महानगरको दमकल रातदिन खटिएको स्पष्टिकरण दिएपछि समाजिक सञ्जालबाटै काउन्टर दिँदै थापाले दमकल नपठाउने अपराधी पनि बालेन नै रहेको र दमकल रोक्ने भिड पनि बालेनकै रहेको दाबी गर्दै उनकै निर्देशनमा सिंहदरबार, शितल निवास, सर्वोच्च अदालत र संसद बालेनकै निर्देशनमा जलाएको तथ्य छर्लङ्ग भइसकेको भइसकेको बताएका छन् ।
बालेनलाई विदेशीको शिखण्डी र अपराधी हत्याराको दर्जा दिँदै नेता थापाले बालेन राजधानीको मेयरको कुर्सीमा एक मिनेट पनि बस्न लायक नरहेको उल्लेख गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने आरोपको मंगलबार सामाजिक सञ्जालमार्फत जवाफ दिँदै बालेनले उक्त आरोप झुटो रहेको दावी गरेका छन्।
मेयर साहले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म महानगरको सम्पूर्ण संयन्त्र नागरिकको सुरक्षा र भौतिक संरचना जोगाउन रातदिन खटिएको पनि दावी गर्दै आन्दोलनका क्रममा ५५ पटक भन्दा बढी स्थानमा महानगरको दमकल परिचालन भएको र स्वास्थ्यकर्मीको टोलीले घाइतेको उपचारदेखि मृतकको लास व्यवस्थापनसम्मको जिम्मेवारी लिएको बताएका छन्।
बालेनले दमकलले आगो निभाउँदै गरेको भिडियोसमेत राखेर भीडले सिंहदरबारमा आगो निभधाउन नदिएको र भित्रै भएको सेनाको दमकललाई समेत जान नदिएको पनि बताएका छन् ।
सम्बन्धित खबर
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन: हर्क सम्पाङ
अघिल्ला सरकारले ल्याएका गरिबमुखी कार्यक्रमलाई निरन्तरता दिएका छौँ: अर्थमन्त्री वाग्ले
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु