सूर्य थापाको बालेन लक्षित टिप्पणीः ‘दमकल नपठाउने अपराधी उही, दमकल रोक्ने भिड पनि उसकै’

टिप्पणी

सूर्य थापाको बालेन लक्षित टिप्पणीः ‘दमकल नपठाउने अपराधी उही, दमकल रोक्ने भिड पनि उसकै’

बालेनको उक्साहटमा सिंहदरबार, शितल निवास, सर्वोच्च र संसद जलेको थापाको जिकिर

Surya Thapa pic

काठमाडौं, असोज २२ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य सूर्य थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको उक्साहटमा सिंहदरबार, शितल निवास, सर्वोच्च अदालत र संसद भवन जलेको दाबी गरेका छन् ।

मेयर शाहले गत भदौ २४ गतेको आन्दोलनमा महानगर दायित्त्वबाट पछाडि नहटेको र जेनजी आन्दोलनमा लागेको आगो निभाउन महानगरको दमकल रातदिन खटिएको स्पष्टिकरण दिएपछि समाजिक सञ्जालबाटै काउन्टर दिँदै थापाले दमकल नपठाउने अपराधी पनि बालेन नै रहेको र दमकल रोक्ने भिड पनि बालेनकै रहेको दाबी गर्दै उनकै निर्देशनमा सिंहदरबार, शितल निवास, सर्वोच्च अदालत र संसद बालेनकै निर्देशनमा जलाएको तथ्य छर्लङ्ग भइसकेको भइसकेको बताएका छन् ।

बालेनलाई विदेशीको शिखण्डी र अपराधी हत्याराको दर्जा दिँदै नेता थापाले बालेन राजधानीको मेयरको कुर्सीमा एक मिनेट पनि बस्न लायक नरहेको उल्लेख गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा काठमाडौं महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने आरोपको मंगलबार सामाजिक सञ्जालमार्फत जवाफ दिँदै बालेनले उक्त आरोप झुटो रहेको दावी गरेका छन्।

मेयर साहले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म महानगरको सम्पूर्ण संयन्त्र नागरिकको सुरक्षा र भौतिक संरचना जोगाउन रातदिन खटिएको पनि दावी गर्दै आन्दोलनका क्रममा ५५ पटक भन्दा बढी स्थानमा महानगरको दमकल परिचालन भएको र स्वास्थ्यकर्मीको टोलीले घाइतेको उपचारदेखि मृतकको लास व्यवस्थापनसम्मको जिम्मेवारी लिएको बताएका छन्।

बालेनले दमकलले आगो निभाउँदै गरेको भिडियोसमेत राखेर भीडले सिंहदरबारमा आगो निभधाउन नदिएको र भित्रै भएको सेनाको दमकललाई समेत जान नदिएको पनि बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ