काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित एउटा समूह NTEK–Z ले भोलि राजधानीको माइतीघरमा गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित भएको छ।
संस्थाका केन्द्रीय पदाधिकारीहरुको बुधबार बसेको बैठकले आन्दोलनमा अराजक तत्वहरू प्रवेश गर्न सक्ने र अप्रिय घटना हुन सक्ने आशंकाका कारण भोलिको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाइएको छ ।
बैठकपछि सो समूहले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले हामी NTEK–Z का केन्द्रीय पदाधिकारीहरूले २३ गते हुने आन्दोलनलाई हालको परिस्थितिका कारण स्थगित गर्ने निर्णय गरेका छौं।’
संस्थाका अध्यक्ष प्रज्वल लामा, प्रवक्ता प्रदीप भट्टराई, संयोजक सुरेन्द्र घर्ति र सदस्य सुनिल सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी शान्तिपूर्ण आन्दोलनको नयाँ मिति छिट्टै सार्वजनिक गरिने उल्लेख छ।
प्रहरी प्रमुखले गृहमन्त्रीलाई भनेका थिए – लुटिएका हतियार चलाउन सक्ने अपराधी बाहिरै छन्, प्रदर्शन रोकिनु पर्छ
वरिष्ठ प्रहरी अधिकारीहरूले जेनजी आन्दोलनको प्रदर्शनमा घुसपैठ हुन सक्ने र ठूलो जोखिम पैदा हुनसक्ने चेतावनी दिँदै गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रदर्शन रोक्न आग्रह गरेका थिए ।
प्रहरी प्रमुखसहितका अधिकारीहरूले सोमबार साँझ गृहमन्त्रीलाई भेटेर हालको अवस्थाबारे ब्रिफिङ गरेका थिए। उनीहरूका अनुसार लुटिएका प्रहरी बर्दी र हतियार अहिले पनि फिर्ता भएका छैनन्, जसले सुरक्षा चुनौती बढाएको छ।
एक अधिकारीका शब्दमा, “प्रहरीका बर्दी पनि लुटिए, हतियार पनि लुटिए, ती हतियार चलाउन जान्ने जेलबाट भागेका पेशेवर अपराधी पनि बाहिरै छन्। तिनै बर्दी र हतियार बोकेर कसैले प्रदर्शनमा गोली चलायो भने सक्कलीले हो कि नक्कलीले, छुट्याउन सकिने अवस्था छैन। त्यसैले सडक प्रदर्शन रोक्नुपर्छ।”
गृहमन्त्री अर्यालले भने जेनजी आन्दोलनलाई केवल आग्रह गरेर रोक्न नसकिने बताए। उनले भने, “२३ गतेको आन्दोलन दमन गर्ने अधिकारीहरूविरुद्ध जाहेरी नलिएसम्म उनीहरूको आक्रोश कम हुन गाह्रो छ।”
प्रहरी अधिकारीहरूले भने गृहमन्त्रीलाई कानुनी विधि अनुसार जाहेरी प्रक्रिया अघि बढाउन र गृह मन्त्रालयले शान्ति सुरक्षाको कारण देखाउँदै प्रदर्शन नगर्न आधिकारिक सूचना जारी गर्न माग गरेका छन्।
लुटिएका हतियारमध्ये करिब १२०० मध्ये तीन सय मात्र फिर्ता भएका छन्। बाँकी हतियार कहाँ छन् भन्ने अझै पत्ता लागेको छैन। प्रहरी अधिकारीहरूले भने, “यी हतियार वास्तविक जेनजीले लगेको भए अबसम्म फर्किसक्थे। तर नआएकाले ती हतियार अपराधी समूहको हातमा पर्न गए र अब ती नै हाम्रै लागि चुनौती बनेका छन्।”
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण